arrow

रुपन्देही बन्द : बन्दकर्ता छैनन् सडकमा तर प्रभाव उच्च

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ पुष २२ शनिबार
butwal_banda_(5).jpg

बुटवल।  रुपन्देहीको देबदह नगरपालिका ठोकावारमा  युवा संघका कार्यकर्ता वसन्त पौडेल वलुको गोली हानी हत्याको विरोधमा शनिवारबाट शुरु भएको अनिश्चितकालिन  रुपन्देही बन्दको पहिलो दिन बन्दको प्रधाव उच्च रहेको छ।

श्रृखलाबन्द्ध रुपमा आफ्ना नेता कार्यकर्तामाथि हत्या हुन थालेको भन्दै युवा संघ नेपाल रुपन्देहीले शनिबारदेखि अनिश्चितकालिन बन्द आह्वान गरेको हो । युवा संघले शनिवार विहान ७ बजेदेखि अनिश्चितकालिन बन्द आह्वान गरेपनि सडकमा कुनै पनि बन्दकर्ता छैनन् ।

सडकमा बन्दकर्ता नभएपनि बन्दको प्रभाव सबै क्षेत्रमा परेको छ ।  मानवचालित रिक्सा , सञ्चारकर्मिका सवारी र एम्बुलेन्स बाहेक अन्य सवारी चलेका छैन्न् । शनिबारको दिन परेको बन्दले बिद्यार्थीहरु तथा अन्य स्थानीयहरु सडकमा हिडीरहेका छन्।

बन्दको सहमतिमा बुटवलको अस्पताललाईनका सबै क्लिनीकहरु समेत बन्द रहेका छन् ।  सडकमा प्रहरी गस्ती समेत भईरहेको छ । समाचार तयार पार्द सम्म कुनै क्षति नभएको ईप्रका बुटवलले जनाएको छ।

ढेकावारमा मोटरसाईकलमा आएका आज्ञात व्यक्तीहरुले  छातीमा गोली हानेर फरार भएको प्रहरीले जनाएको छ । गोलिलागि गंभिर घाईते पौडेलको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारकैक्रममा मृत्यु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ