arrow

आदित्यनाथले मुस्लिमको भित्तामा पनि पोतेरै छाडे हिन्दूको रङ्ग

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
Haj-committee-PTI.jpg

लखनऊ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो अतिवाद प्रस्तुत गरेका छन् । विभिन्न सरकारी कार्यालयमा हिन्दूको प्रतिक रङ्ग मानिने रङ्ग लगाउनुपर्ने नियम बनाएका उनले मुख्यमन्त्री कार्यालय तथा अन्य सरकारी भवनहरु पछि उत्तरप्रदेशको हज समितिको भवनमा पनि त्यस्तै रङ्ग दलेको खबर भारतको द वायर अनलार्इनबाट लिर्इएको हो । 

आफूले लगाएको गेरु बस्त्रजस्तै देखिनेगरी रातो रंग लगाउने उनले यस अघि नै निर्देशन दिईसकेका थिए । त्यसलाई भारतमा 'भगवा पेन्ट' भन्ने गरिएको छ । शुक्रवार अवकास हुने भएकोले हज कार्यालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । भाजपाको यो कदमलाई आलोचकहरुले भने भाजपाले आफ्नो गल्ती छोप्नको लागि यस्तो गरिरहेको बताएको छ । 

अल इन्डिया शिया पर्सनल ल बोर्डका प्रवक्ता यासूब अब्बासले यसप्रति गहिरो आपत्ति प्रकट गर्दै भनेका छन् कि यी सबै के हुन् मैले त बुझ्नै सकिन । उनले भाजपा भगवा रङ्गलार्इ आफ्नो भन्छ भने सपापार्टी हरियो र‌गलार्इ तथा बसपा पार्टीले नीलो रंगलार्इ आफ्नो मान्नेगरेको भन्दै यो र‌ंगको राजनीतिबाट बच्नुपर्ने बताएका छन् । भाजपाको त्यो र‌ङ्ग हिन्दूको प्रतीक चिह्न हो । 

सम्पर्क गर्दा अल्पसंख्यक मामला हेर्ने राज्य मन्त्री मोहसिन रजाले भनेका छन् 'मलार्इ यो टिप्पणी गर्नेहरु प्रति सोध्न मन छ के भगवा राष्ट्रविरोधी रङ्ग हो ?' उनले भगवा उज्यालो तथा उर्जाको प्रतीक हो । उनले जब सूर्यको पहिलो किरण धरतीमा पर्छ तब भगावा रंग सोही किरणसँग नै धर्तिमा आउँछ । 

रजाले भनेका छन् कि 'भगवा रङ्ग सकारात्मकताको प्रतीक पनि हो । यो भगवानको प्रतीक पनि हो । मलार्इ लाग्छ जो हज समितिको कार्यालयको भित्ताको कुरा छ यहाँ र‌ङ्गलगाउँदा विरोध गर्नेहरु साधुले केसरिको टीका लगाउँदा पनि आपत्ति मान्न सक्छन् ।' उनले आफूहरुले सरकारी कार्यालयमा त्यस्तो गरेको बताउँदै कसैको निजी सम्पत्तिमा त्यस्तो रङ्ग नलगाएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ