arrow

पार्टी एकता गर्न एमालेलाई चासो छैन, माओवादीको हतारो हो : सिपी गजुरेल

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ पुष २२ शनिबार
CP-gajerel-new.jpeg

विराटनगर । देश भक्त  जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले मुलुकको समस्या समाधान गर्ने भन्दापनी माओवादीलाई एमालेसंग पार्टी एकिकरण गर्न हतारो भएको वताएका छन् । विराटनगरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा गजुरलले एमालेलाई भन्दापनी अहिले माओवादीलाइ  पार्टी एकताका लागी हतार भएको वताए । उनले एमालेले पार्टि एकिकरणको पक्षमा खासै चासो नदेखिएको अध्यक्ष गजुरेलको भनाई छ ।

उनले वाम गठवन्धन विच पार्टि एकताको संभावना रहेको भएतापनी दुवैपार्टी विचको एकताले  मुलुक र जनताको हितको लागि केही फरक नर्पने वताए । उनले जनताले  राजनितिक स्थिरता र मुलुकको स्थाईत्व चाहेकाले त्यसतर्फ दलहरुको ध्यान जानु आवश्यक रहेको वताए ।
 
उनले माओवादी र एमाले बाम गठवन्धन नभएर दक्षिणपन्थी गठवन्धन भएको आरोप समेत  लगाए । एमाले र माओवादी पार्टिले पहिलेनै संसदीय व्यवस्था अंगाली सकेको उनको भनाई थियो ।

वर्तमान सरकारले प्रदेशको मुकान तोक्ने विषयमा जनता-जनता वीच  लडाउन खोजेकाले जनताको भावना र सवैलाई मान्यहुनेगरी प्रदेशको मुकाम तोक्नुपर्ने उनले वताए । उनले काम चलाउ भई सकेको वर्तमान सरकारले राज्यकोषको दुरुपयोग गरिरहेको वताए ।

उनले जारी संविधान अपुरो  भएको भन्दै मुलुकमा जनगणतन्त्र नआएसम्म कुनैपनि व्यवस्थाले  समृद्ध ल्याउन नसक्ने वताए  । अध्यक्ष गजुरेलले दलहरुले अहिले जनतालाई भ्रम छर्ने काम मात्र गरिरहेको भन्दै देश विकासका लागि लोकतान्त्रिक व्यवस्था होइन,जनगणतान्त्रिक व्यवस्था आवश्यक रहेको वताए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ