arrow

खप्तड गोल्डकपको क्वाटरफाईनलमा एपिएफ

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
apf.png

धनगढी । विभागीय टीम एपिएफ धनगढीमाजारी अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस  सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ । धनगढी रंगशालामा शनिवार भएको खेलमा पोखराको सहार क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगाउँदै विभागीय टीम अन्तिम आठमा पुगेको हो ।
 
पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने मौका पुगमाउँदा सहारा पेनाल्टी सुटआउटमा एपिएफलाई खेल सुम्पन वाध्य भएको हो । पहिलो हाफको २१ औं मिनेटमा सहाराले पाएको पेनाल्टी खेर फालेको थियो । सहाराका विनोद गुरुङले गरेको पेनाल्टी गोलपोष्टको दायाँ किनारावाट वाहिरिएको थियो ।
 
पहिलो हाफ र दोस्रो हाफमा पनि कुनै गोल हुन नसकेपछि भएको पेनाल्टी सुटआउटमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले वचाउँदै आफ्नो टीमलाई दोस्रो चरणमा पुगाएका हुन । गोल रोकेर टिमलाई जिताएका उनी म्यान अफ द म्याच भए । म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे ।

पेनाल्टी सुउआउटमा एपिएफएका लागि गोलरक्षक नगरकोटी सहित अन्जन विष्ट सुदीप सिल्पकार आदित्य चौधरी र रञ्जन विष्टले गोल गरेका थिए । सहाराका लागि लक्ष्मण जिसीको प्रहार गोल हुन नसक्दा सुसन गुरुङ विजय श्रेष्ठ मानवहादुर तामाङ र फुर्वा लामाको प्रहार भनेर गोलमा परिणत भएको थियो ।

जितपछि प्रतिक्रिया दिदै एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले तालमेल नमिल्दा राम्रो खेल्न नसकेको स्वीकार गर्दै मौसमले पनि समस्या आएकोले अर्को खेलमा अझ सुधार आउने वताए । सहारका प्रशिक्षक किरन गुरुङले पेनाल्टी गुमाउँदा र मौकाको सदुपयोग गर्न नसक्दा खेलमा हार व्यहोरको वताए ।

प्रतियोगिता अन्तर्गत आइतवार काठमाण्डौको सिएमजी संकटा र धरान फुटवल क्लव वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ ।

 यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५- १५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०-१० हजारका दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिए ।  

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ