arrow

जनजाति सुन्दरी खोजिँदै

प्रतियोगितामा सहभागीका लागि आवेदन शुल्क १५ यस रुपैयाँ मात्र तोकिएको छ ।

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
Miss-Indiginous.jpg.jpeg
काठमाडौं । सौन्दर्य प्रतियोगिताको भीडमा ‘मिस इन्डिजिनियस हेरिटेज नेपाल–२०१६’ पनि थपिएको छ । ब्युटि, ब्रेन र कल्चरको फ्युजनका रूपमा प्यासिपिक इभेन्ट एण्ड मेनेजमेन्ट प्रालिले ‘मिस इन्डिजिनियस हेरिटेज नेपाल’ आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा नेवार, तामाङ, शेर्पा, मगर, गुरुङ, लिम्बू, राई, थकाली, थारु, धिमाललगायत नेपालमा आदिवासी जनजाती सुचिकृत समुदायका युवतीले सहभागी जनाउन पाउनेछन् । आयोजक संस्था प्यासिफिक इभेन्ट एन्ड म्यानेजमेन्टका अनुसार प्रतियोगितामा आदिवासी समुदायका १६ देखि २४ वर्ष उमेर समूहका युवतीले सहभागिता जनाउन सक्नेछन् । यो प्रतियोगिता मूलतः आदिवासी जनजाति समुदायका युवती लक्षित प्रारम्भ गरिएको आयोजकले जनाएको छ । यस प्रतियोगितामा सहभागी जनाउनका लागि प्रतियोगीले अन्य प्रतियोगितामा जस्तो आर्थिक भार समेत नपर्ने भएको छ । 

प्रतियोगितामा सहभागीका लागि आवेदन शुल्क १५ यस रुपैयाँ मात्र तोकिएको छ । तर, अन्य यस्ता सौन्दर्य प्रतियोगिता सहभागीका लागि प्रतियोगीले १० हजारदेखि १८ हजार रुपैयाँसम्म शुल्क बुझाउँदै आएका छन् । तर, यस्ता प्रतियोगितामा आयोजकले नै सम्पूर्ण खर्च बेहोर्नुपर्ने अन्तर्राष्ट्रिय चलन भएकाले नेपालमा पनि उक्त चलन लागू गर्न ‘मिस इन्डिजिनियस हेरिटेज नेपाल’ मा १५ सय आवेदन शुल्क कायम गरिएको आयोजकले जनाएको छ । यसरी आवेदन शुल्क कम गरिएको खण्डमा आर्थिक अवस्था कमजोर भएका युवतीले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउने आयोजकको दावी छ । 

आयोजकका अनुसार ‘मिस इन्डिजिनियस हेरिटेज नेपाल’ नेपालमा हुँदै आएका विविधखाले सौन्दर्य प्रतियोगिताहरु भन्दा फरक हुनेछ । यस प्रतियोगिताले नेपालमा सुचिकृत ५९ आदिवासी जनजातिहरूको मौलिक कला, संस्कृति, भाषा, जीवनशैली तथा रहनसहनलाई उजागर गर्ने जनाइएको छ । 

नियम र प्रशिक्षण भने अन्य सौन्दर्य प्रतियोगिताको जस्तै हुनेछ । यो सौन्दर्य प्रतियोगिताको विश्वव्यापी चलनअनुसार प्रतियोगितामा सहभागीहरूलाई स्टेज पर्फमेन्स, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, फेसन, ब्युटी, फिटनेस, सामाजिक उत्तरदायित्वलगायतथ विविध विषयमा तालिम प्रदान गरिनेछ । 

प्रतियोगिताको यो पहिलो संस्करणमा ५० जना छनोट गरिने र उनीहरुलाई आयोजकले नै ज्याकेट, इभिनिङ गाउन, टि–शर्टलगायत तालिममा लाग्ने सम्पूर्ण खर्च आयोजकले बेहोर्ने बताइएको छ । कार्यक्रमको अन्तिम स्पर्धा आगामी २४ फागुनमा राजधानीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ