arrow

बिहारका पूर्व मुख्यमन्त्री लालुलाई साढे तीन बर्ष जेल सजाय

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
lalu-yadav.jpg

झारखण्ड, भारत । भारतीय बिशेष अदालत केन्द्रिय अनुसन्धान ब्युरो (सिबिआई) ले शनिबार बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई चारा घोटाला काण्डमा दोषी ठहर गर्दै साढे तीन बर्षको जेल सजाय तोकेको छ। उनलाई भारतीय पाँच लाख रुपैँया जरिवाना समेत तोकिएको छ।

पूर्व मुख्यमन्त्री लालुलाई देओघार ट्रिजरीबाट सन् १९९१ देखि सन् १९९४ बीचमा ८९ लाख भारतीय रूपैँया बराबरको रकम दुरुपयोग गरेको अभियोगमा जेल सजाय तोकिएको हो। सिविआई विशेष न्यायाधीस शिवपाल सिंहले पूर्व मुख्यमन्त्री यादव विरुद्धको सजाय भिडियो सम्मेलनमार्फत घोषणा गर्नु भएको हो। अदालतले लालु यादवले अदालतले तोकेको जरिवाना नबुझाएमा जेल सजायमा छ महिना थप गरी कैद बस्नुपर्ने पनि जनाएको छ।

लालुबाहेक उक्त आरोपमा थप २० जनामाथि सुनुवाई भएकोमा १४ जनालाई गत डिसेम्बर १४ मा अदालतले दोषि ठहर गरेको थियो । बिहारकै अर्का पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्र लगायतका सात जनाले भने अदालतबाट सफाई पाएका छन्।

तर यादवले आफ्नो उमेर तथा स्वास्थ्यलाई मध्यनजर गर्दै आफूमाथि निम्नतम सजाय तोक्न अदालतसमक्ष निवेदन दिएका थिए। यादवले अदालतसँग गरेको अपिलमा भनेकाछन्, “चारा घोटाला काण्डमा मेरो प्रत्यक्ष सम्लग्नता थिएन। अतः उमेर र मेरो स्वास्थ्यलाई मध्यनजर गर्दै निम्नतम सजाय तोकियोस।”

पूर्व मुख्यमन्त्री यादवसहितलाई सजाय घोषणा हुँदा अदालत बाहिरको सुरक्षास्थितिलाई कडा पारिएको थियो। यादवसहितका १४ जनाको मुद्दा जनवरी ३ तारिखका लागि सुनुवाईको मिति तय गरिएकोमा सरेर शनिबारमात्र फैसला सुनाइएको छ।

अदालतले लालु यादवका छोरा तेजस्वी यादव तथा उनको दलका केही नेता तथा समर्थकमाथि अदालतको मानहानी गरेको ठहर गरेको छ। उनीहरूले मुद्दाको सुनुवाई गरेका न्यायाधीसलाई धम्की दिने प्रयास गरेको बताइएको छ।

पूर्वमुख्यमन्त्री यादवले यसअघि चाइबासा कोष नामक अर्को यस्तै काण्डमा दोषि ठहर गरिएको थियो। तर त्यसवेला भने जमानतमा छुटेका थिए। भ्रष्टाचार अभियोग लागेपछि उनलाई लोक सभा सदस्य बन्न अयोग्य गरिएको थियो।  रासस-एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ