arrow

बन्दरगाहबाट भारतले गर्यो दुर्इगुणा बढी कमाइ, नेपाल भने प्रताडित

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
dry-port-birjung.jpg

काठमाडौं । भारतले विभिन्न स्थानमा रहेको बन्दरगाहबाट मात्रै यस वर्ष ३ वर्ष अघिको भन्दा २ गुणा पैसा उठाउने सम्भावना रहेको बताएको छ । भारतका केन्द्रीय सडक परिवहन, राजमार्ग एवं जहाज मन्त्री नितिन गडकरीले शनिबार भनेका छन् कि यस वर्ष भारतीय बन्दरगाहको लाभ सात हजार करोड रुपैयासम्म पुग्ने सम्भावना रहेको बताएका हुन् । 

नेपाल लगायतले तिर्ने कर र अन्य शुल्काका कारण भारतको यति धेरै आम्दानी भइको हो । जीएसटी पछि भारतले बन्दर्गाहमा लगाएको १८ प्रतिशत करका कारण नेपालीहरु प्रताडित भइरहेको बेला भारतले भने दुर्इ गुणा बढी कमाउने लक्ष्य लिएको हो । अहिले भने त्यो १८ प्रतिशत शुल्क नलिने भनेर गत महिना मात्रै सहमति भएको हो ।

उसको त्यो आम्दानी ३ वर्ष पहिलेको नाफाको तुलनामा दुर्इ गुणा भन्दा पनि बढी हो । सिंगापुरमा आसियान-भारत प्रवासी भारतीय दिवस समारोहलार्इ सम्बोधन गर्दै मन्त्री गडकरीले भारतमा लगानीको लागि सम्भावना अत्यधिक रहेको भन्दै यहाँ लगानीकोलागि पर्याप्त सम्भावना समेत रहेको पनि बताए । उनले करीब ३ हजार प्रतिनिधिलार्इ सम्बोधित गर्दै यस्तो बताएका हुन् । 

उनले भने, 'अहिले पनि भारतका सबै बन्दरगाहहरु फाइदामा छन् । यही तरिकाले यस वर्ष यसको लाभ सात हजार करोड भारतीय रुपैयासम्म पुग्ने सम्भावना पनि देखिएको छ। बन्दर्गाहको लाभ ३ वर्ष पहिले को ३ हजार करोड रुपैयाको २ गुणा भन्दा बढी हो ।' 

गडकरीले भनेका छन् कि  भारतमा ६ वटा नयाँ बन्दरगाहको निर्माणमा गर्ने योजना बनिरहेको छ । यस सम्मेलनमा मुख्य रूपले भारतमा कारोबार तथा लगानीको अवसरमाथि चर्चा भइरहेको थियो। यस बहसका लागि ९ वटा सत्रको आयोजना गरिएको छ ।  गडकरीले उद्घाटन सत्रमा दक्षिण पूर्वी एशियाली देशको संघ (आसियान)को लगानीको भारतमा ढाँचागत क्षेत्रको परियोजनामा लगानी गर्नको लागि आमन्त्रित गरेका छन् । उनले उनले हरेक दिन औसतमा २८ किलोमीटर नयाँ सडक बन्नेगरेको भन्दै दैनिक ४० किलोमिटर बनाउने लक्ष्य लिएको पनि बताए । 

नितिन गडकरीका अनुसार म्यान्मार, बांग्लादेश, भूटान तथा नेपालको साथ भारतले सडक मार्गबाट जोडने परियोजनाको लागि ६० देखि ७० प्रतिशतसम्म काम सम्पन्न भइसकेको बताएका छन् । मुम्बईमा स्पेशल इकोनोमिक जोनमा ४० कम्पनी आएका छन् । यसमध्ये एक ताइवानी कम्पनीले ६ हजार करोड भारतीय रुपैयाँको लगानी पेश गरिसकेको जनाएका छन् । 

 उनले प्रवासी भारतीयले  स्वच्छ गंगा परियोनामा हात बढाउन तथा त्यसको लागि चन्दा दिनको लागि समेत अपिल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ