arrow

उत्तर कोरियाले दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा भाग लिने

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
north-south-korea.jpg

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियामा हुने विन्टर ओलम्पिकमा भाग लिने भएको छ । शनिबार राति उत्तर कोरियाको ओलम्पिकका पदाधिकारीले सियोलमा हुने ओलम्पिकमा भाग लिने आधिकारिकता बताएका हुन् । 

उत्तर कोरियाका अन्तराष्ट्रिय ओलम्पिकका प्रतिनिधि च्याङ यङले चीनको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर कोरियाले दक्षिण कोरियामा हुने ओलम्पिकमा भाग लिने बताएका हुन् । 

प्योङयाङ प्रतिनिधि यङ यसै विषयमा कुराकानी गर्न स्वीजरल्याण्ड जाँदैछन् । 

उत्तर कोरियाली शासक किम जोङ–उनले ओलम्पिकमा आफ्नो देशका प्रतिनिधि पठाउने र खेल महत्वपूर्ण हुने बताएका थिए ।

उनले वार्ताका लागि ढोका खुला भनेपछि जनवरी ९ तारिखमा दुई वर्षको शीतयुद्धपछि उत्तर र दक्षिणबीच उच्चस्तरीय वार्ता हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ