arrow

हलेसी आगलागी पिडितको सहयोगका लागी प्रधानमन्त्री समक्ष आग्रह

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
halesi-nagarpalika-pm-dpm.jpg

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसीका आगलागी पीडितका लागि राहत उपलव्ध गराउन प्रधानमन्त्री समक्ष अनुरोध गरेको छ ।

 गत मंगलबार राति भएको आगलागीमा घरसहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दासलगायतका पीडितको राहतका लागि नगरपालिकाले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आग्रह गरेको हो ।

विस्थापित परिवारको सहज जीवनयापनका लागि उपमेयर विमला राई र प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले आवश्यक राहतका लागि प्रधानमन्त्री समक्ष लिखित माग राखेका हुन ।

गत पुस १८ गते मगमको घरबाट शुरु भएको आगोले ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो । 

आगलागी भएको क्षेत्रको निरिक्षणका लागि शनिबार साँझ रक्षामन्त्री भिमसेनदास प्रधान हलेसी आइपुगेका हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ