arrow

प्रधानमन्त्री निवास बालुवाटारमा धनकुटावासीको घेराउ

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
dhankuta-pradarsan-maitighar.jpg

काठमाडौं। प्रधानमन्त्री निवास बालुटार काठमाण्डौमा १ नम्वर प्रदेशको राजधानी धनकुटालाई घोषणा गर्ने माग गर्दै भैरहेको आन्दोलनलाई  व्यापक बनाइने भएको छ। 

प्रदेश नम्वर १ को  प्रमुखको मुकाम र प्रदेश सभाको पहिलो पटक धनकुटामा गर्ने निर्णय गर्न र धनकुटलाई राजधानी तोक्न निर्णय समेत गरिदिन माग गर्दै  सरकार र नेताहरुको ध्यानाकर्षण गर्नका लागी  पौष २३ गते र पौष २४ गते प्रधानमन्त्री शेर वहादुर देउवाको सरकारी निवास बालुवाटारमा धर्ना र घेराउ गर्ने कार्यक्रम अन्तर्गत धनकुटावासीले घराउ गरेका हुन। 

अभियान संयोजक उमेश घिमिरेले धनकुटालाई राजधानी घोषणा गर्न माग गर्दै दुई दिन गरिने धर्ना र घेराउ कार्यक्रममा धनकुटा जिल्ला लगायत प्रदेश नम्वर १ को १४ वटै जिल्लाबाट काठमाण्डौ आउनु भएको सवैलाई उपस्थितका लागि आग्रह गरेका छन्। 

सरकार र नेताहरुलाई अन्तिम धक्का दिन अभियान समितिका तर्फबाट अनुरोध गरिसकेको नेपाली काँग्रेसका सचिव विजय सन्तोषी राईले वताए ।

प्रादेशिक राजधानी अभियान समितिले  १ नम्वर प्रदेशको राजधानी धनकुटालाई घोषणा गर्न काठमाण्डौमा सरकार र नेताहरुको ध्यानाकर्षण गर्न माईती घर मण्डेला र प्रधान मन्त्री निवास बालुटारमा  ४ पटक धर्ना र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधान मन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापन पत्र तथा ध्यानाकर्षण पत्र र सात लाख भन्दा बढीको हस्ताक्षर बुझाएको छ। 

विभिन्न पार्टीका नेताहरु तथा नेपाल सरकारका मन्त्रीहरु र सचिवहरुसंग छलफल गरि मागपत्र बुझाइएको  नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्व वहादुर श्रेष्ठले वताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ