arrow

धार्मिक पर्यटनको प्रचार गर्ने भम्केनी धाममा महायज्ञ

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ पुष २३ आइतबार
kanchanpur_(2).jpg

कञ्चनपुर । कञ्चनपुरको चुरे फेदमा रहेको भम्केनीलाई ‘धार्मिक पर्यटकिय धामको’ रुपमा विकसित गर्नका लागि महायज्ञ आयोजना गरिएको छ । महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामको आयोजनामा माघको तेस्रो सातादेखि भीमदत्त नगरपालिका–८ तिलाचौर भम्केनीमा महायज्ञ आयोजना गरिएको हो ।

भम्केनीलाई नेपालकै धामका रुपमा पहिचान गराउने र अष्ठ घातुबाट ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणका लागि महायज्ञ आयोजना गरिएको छ । महायज्ञ भव्य रुपमा सम्पन्न गर्नका लागि भीमदत्त नगरपालिकाका प्रमुख शुरेन्द्र विष्टको संयोजकत्वमा स्वागत समारोह उप समिति गठन गरिएको आयोजकले जनाएको छ । महायज्ञ उद्घाटनका लागि आयोजकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।

पौराणिक शक्तिपिठको रुपमा रहेको भम्केनीलाई विकसित गराउनका लागि दुई बर्षदेखि स्थानीय जागरुक भएको आयोजकले जनाएको छ । भम्केनी राष्ट्रभक्ति जागरण महानुष्ठानका संयोजक बीर बहादुर ऐरले धार्मिक पर्यटकिय सम्भावना बोकेको भम्केनी ओझेलमा परेको बताए ।

उनका अनुसार दुई बर्ष अघि जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यले चार महिनासम्म मौन व्रत बसेर भम्केनीलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकसित गराउने अभियान थालेका हुन् । ‘पौराणिक कालमा यस क्षेत्रमा भकभक गरेर पानी निस्कन्थ्यो, ‘उनले भने, ‘त्यसबाटै यसको नाम भम्केनी रहेको हो ।’ किम्बदन्ती अनुसार भम्केनीमा ६ कुण्ड थिए, जसमध्ये ५ पाण्डप र १ द्रोपतिको कुण्ड थियो ।

भिमले १ द्रोपतिका लागि नुहाउन कुण्ड बनाएको बताउदै संयोजक ऐरले अहिले पनि भम्केनीमा पौराणिक ६ कुण्ड रहेका छन् । जसबाट स्थानीयले पानी पिउने गरेका छन् । भम्केनीलाई विकसित गराउन सके बाह्यदेशका पर्यटक ल्याउन सके यस क्षेत्रको आर्थिक विकास हुने उनले आशा व्यक्त गरे । पुर्णागिरीमा लाग्ने मेलामा धर्मालम्बीलाई ब्रम्हदेब भम्केनी बिष्णू धाम हुँदै गोदाबरसम्म ल्याउन सकिने संयोजक ऐरले बताए । भम्केनीलाई धामकै रुपमा विकसित गराउनका लागि संरचना समेत निर्माण भईरहेका छन् ।

महेन्द्रनगर हुँदै भम्केनीसम्मको सडक कालोपत्रे भईरहेको छ । आश्रम निर्माण, पुजा गर्ने कुण्ड र ७ नम्बर प्रदेशका ९ वटै जिल्लाको प्रतिनिधी हुने गरि एक एक मुख्य कुण्ड निर्माण भईरहेका छन् । महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामका अध्यक्ष हरि रावलले भम्केनीको विस्तार विकासका लागि गुरु योजना बनाएको बताए । अध्यक्ष रावलले वन मन्त्रालबाट ६.२ हेक्टर जमिन छुट्याएर संरचना निर्माण भईरहेको बताए । उनका अनुुसार पुरातात्विक विभागबाट समेत भम्केनीलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकसित गर्नका लागि योजना अघि सारिएको छ ।

सबै नेपाललाई एक शुत्रमा जोड्नका लागि समेत राष्ट्रभक्ति आयोजना गरिएको अध्यक्ष रावलले बताए । महायज्ञको तयारी तिव्र रुपमा भईरहेको छ । जगतगुरुले महाकाली नदिमा १८ करोड दिप प्रज्वलन गरेर भम्केनीमा पुनः महायज्ञ संचालन हुने छ । महायज्ञमा नेपाल तथा भारतका प्रसिद्ध धर्मगुरुबाट प्रवचन समेत दिईनेछ  । राष्ट्रभक्ति जागरण महानुष्ठान महायज्ञ प्रचारप्रसार उप समिति संयोजक ईन्द्र सिह खत्रीले महायज्ञको गाउँ गाउँमा प्रचार प्रसार तिव्र भईरहेको बताए ।

 उनका अनुसार प्रर्चा पम्पलेट, विज्ञापन मार्फत प्रचार गरिएको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.नारद अवस्थीले ७ नम्बर प्रदेशमा ओझेलमा रहेका धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि महायज्ञ लाभदाय हुने बताए । उनका अनुसार आर्थिक समाजिक र धार्मिक आस्थाका लागि भम्केनी धामलाई विस्तार गर्नुपर्छ । ‘भम्केनी धार्मिक अध्ययन, अनुसन्धानको केन्द्र बन्नसक्छ,‘उनले भने, ‘यसको विकासमा लगानी गर्नुपर्छ ।’ प्राचिन धार्मिक पर्यटकिय क्षेत्रको विकास गर्न सके आर्थिक विकास हुने उनले आशा व्यक्त गरे। १२ दिनसम्म संचालन हुने महायज्ञबाट प्राप्त भएको आम्दानीले भम्केनीको विकासका लागि खर्च गरिनेछ  ।

जगतगुरुको राष्ट्रशान्तिका लागि आयोजना गरिएको पैदल यात्राको स्वागत एव धार्मिक पर्यटकिय विकासका लागि महायज्ञ संचालन हुने आयोजकले जनाएको छ महायज्ञका लागि बीर सिह ऐरीको संयोकत्वमा मुल समिति र २१ उप समिति निर्माण भईसकेको बताए । महायज्ञ मुल समितिका संयोजक बीर ऐरले धामको विकासका साथै धार्मिक पर्यटक एव धर्म सस्कृतिका लागि महायज्ञ आयोजना गरिएको बताए ।

 उनका अनुसार महायज्ञमा योग विज्ञान शिबिर, पुजापाठ, श्रीमद्भागवत कथा प्रवचन, पौराणिक वाङमयम वर्णित, भजन र्कितन गरिने छ । महायज्ञ फागुन ३ गते सम्म संचालन हुने छ । भम्केनीलाई आन्तरिक तथा बाह्य पर्यटयिक गन्तव्य रुपमा विकसित गर्नका लागि सरोकारवाला निकायबाट आयोजकले सहयोगको आग्रह समेत गरेको छ । महायज्ञ अवलोकनका लागि समेत आयोजकले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ