arrow

वलिउड सुपरस्टार श्रद्धा कपूरले गरिन् सगुनको एप सार्वजनिक गर्ने खुलासा

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
sagoon_app.jpg

काठमाडौ । वलिउडक सुपरस्टार श्रद्धा कपूरले सगुनको बहुप्रतिक्षित एप सार्वजनिक गर्ने निश्चित भएको ट्वीट मार्फत खुलासा गरेकी छिन । सगुनले पनि यस भन्दा अघि नै जनवरीको दोस्रो साता बहुप्रतिक्षित एनड्रोइट भर्सनमा एप सार्वजनिक गर्ने बताएको थियो ।

सगुनले आधिकारिक रुपमा केही नबताए पनि सुपरस्टार कपुरले ट्वीटमा जनाएअनुसार जनवरी ९ तारिक भारतको राजधानी नयाँ दिल्लीमा सगुनको एप सार्वजनिक हुदैछ । उनले सगुनको एपको ग्रान्ड लन्चिङ भन्दै सगुनका फाउन्डर तथा कोफाउन्डर गोबिन्द गिरी तथा स्वाती दयाललाई समेत मेन्सन गरेकी छन ।
 
सामाजिक सञ्जालमा पछिल्लो समय उदाउदै गरेको सगुन एक नेपालीले प्रर्वधन गरेको कम्पनी हो । डेक्सटप भर्सनमा मात्र उपलब्ध यो सामाजिक सञ्जालले एन्ड्रोड भर्सनमा एप सार्वजनिक गर्न लागेको हो ।

कस्तो छ त सगुनको एपको बिशेषताहरु   

सगुन प्रेमीलाई मोवाइलमै एप, गोप्य कुरा धक फुकाएर गर्नुस् । तपाईं प्रेमि-प्रेमिका, आफन्त वा साथीसँग गरेको गोप्य कुरा अरुले थाहा नपाउन् भन्ने चाहनुहुन्छ रु च्याटमा भनेका गोप्य कुरा सम्बन्धमा चिसोपन आएपछि सामाजिक संजालमा छरपस्ट नहोउन् भन्ने चाहनुहुन्छ ?  तपाईंको प्रतिक्षाको घडी सकियो ।

मोवाइलमा डाउनलोड गरिहाल्नुस् सगुनको एप । अनि मज्जाले धित फुकाएर आफ्नो गोप्य कुरा च्याटमा भन्नुस् । सगुनको मोवाइल एपमा गरिएको च्याट साथीले पढीसकेपछि आफैं डिलिट हुनेछ । उसले भोलि प्रमाणका रुपमा राख्न सक्ने छैन ।

अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले स्मार्ट फोनका पारिखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोवाइल एप ट्रायल भर्सन प्ले स्टोरमा सार्बजनिक गरेको छ ।  नेपालीले स्थापना गरेको सोसियल इकमर्स कम्पनी सगुनको मोवाइल एपको पूर्ण भर्सन यही जनवरी ९ मा नयाँदिल्लीबाट सार्बजनिक हुने वलिउडकी सुपरस्टार श्रद्धा कपूरले खुलासा गरिसकेकी छन् ।

आफूले राखेका लक्ष्यहरु एकपछि दोस्रो पुरा गर्दै लगानीकर्ता तथा सगुनका प्रयोगकर्ताहरुको मन जित्दै आएको सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप डेभलप गरेको हो । एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध यस एपले प्रयोगकर्ताको गोपनियतालाई निकै ध्यान दिएको छ । एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरिसकेपछि आफैं डिलिट हुने फरक खालको विशेषता यसमा रहेको छ ।

खासमा सगुनको मोवाइल एप वेव भर्सनको अर्को रुप हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप हाते डिभाइस चलाउनेहरुबीच निकै लोकप्रिय हुने विश्वास छ। यसको अर्को विशेषता आफ्नो दैनिकीलाई सेड्युलमा राखेर साथीभाइ आफन्त लगायतलाई शेयर गर्न सकिन्छ । सेयर गरेका आफन्तहरुले यो समयमा आफ्नो साथि कहाँ के गरिरहेको छ भन्ने कुरा एपमा भएको सेड्युलिङ हेरेर नै थाहा पाउन सक्छन् । अर्थात ब्यस्त जीवनमा   अहिलेको समयमा आज कुन कार्यक्रममा हुनुहुन्छ भन्ने कुरा जानकारी दिनेछ । जसले गर्दा फोन गरिरहनु पर्ने अवस्था रहदैन्।

यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर यही एपले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ ।

अल इन वन एप जस्तै हो सगुन । ‘कनेक्ट, सेयर, अर्न’ नारा दिएर आएको सगुनले एकअर्कासँग जोड्ने, आफ्ना भावनाहरु सेयर गर्ने र एप चलाउँदा कमाइ गर्ने अबसर दिने भएको छ । यसमा माइ डे, सेक्रेट, मुड टकजस्ता फिचर एकै ठाउँ समेटिएको छ ।

सुरुमा चलाउन केही अप्ठ्यारो लागे पनि विस्तारै बानी परेपछि यो एप सबैको प्रिय बन्ने छ । सामाजिक संजालमा गोपनियता जोगाउन गाह्रो परिरहेका बेला सगुनले सबैलाई राहत दिने पक्का छ । सगुनको सो एप जनवरीको ९ तारिक नयाँ दिल्लीमा आधिकारिक रुपमा सार्वजनिक हुनुपूर्व नै उक्त एपको एक संस्करण गुगल प्लेमा उपलब्ध भएको छ ।

एप उपलब्ध भएपछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले त्यसलाई डाउनलोड गरिरहेका छन् तर हाल सीमित व्यक्तिहरुले मात्रै एप डाउनलोड गर्न सकेका छन् । एप उपलब्ध भएको बारेमा सगुनको आधिकारिक धारणा भने अझै सार्वजनिक भएको छैन । सगुनले करिब दश महिनादेखि एपको विकास गरिरहेको थियो । यो एपलाई धेरैले चासोको रुपमा हेरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ