arrow

चार वर्षअघि निकालिएका डीनलाई पुनःवहाली गर्न सर्वोच्चको आदेश

पदमा फर्किए जम्मा ६ दिन काम गर्न पाउने

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
shashi_sharma.JPG

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको डीनबाट बर्खास्त भएका डा. शशि शर्मालाई चार वर्षपछि पुनःवहाली गर्न आदेश दिएको छ ।

प्रधान्यायाधीश गोपाल पराजुलीसहितको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । फैसला गर्दा पराजुलीको इजलासमा न्यायाधीश दीपककुमार कार्की समेत थिए ।  

सर्वोच्चको आदेश कार्यान्वयन गर्दै शर्माको पुनःवहाली गराइएको खण्डमा पनि  पुस ३० मै उनको कार्यकाल सकिनेछ । उनी डीन बनेर फर्किएपनि पदावधिको हिसाबले हप्ता दिन पनि काम गर्न पाउने छैनन् । उनीसँग काम गर्नका लागि ६ दिन मात्रै बाँकी हुनेछ ।

सरकारले २०७० माघ ८ गते शर्मालाई आइओएमका डीनबाट बर्खास्त गरेको थियो । आफूलाई हटाउने निर्णय बदर गर्न भन्दै शर्माले फागुन १ गते सर्वोच्च गुहारेका थिए । शर्माको रिटमा पहिलो सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले अन्तरिम आदेश जारी नहुने भनेको थियो ।

त्यही रिटमा अन्तिम सुनुवाइ गर्दै प्रधानन्यायाधीश पराजुली नेतृत्वको इजलासले शर्मालाई हटाउने निर्णय गैरकानुनी भएको ठहर गरेको हो । राजनीतिक पहुँच र विभिन्न चलखेलका आधारमा कनिष्ठ पनि डीन बन्न थालेपछि वरिष्ठ चिकित्सक गोविन्द केसीले वरिष्ठताको आधारमा डीन नियुक्तिको माग गर्दै सत्याग्रह छेडेका थिए । अनसनको माग सम्बोधन गर्ने भन्दै सरकारले शर्मालाई पदबाट हटाएको थियो ।

शर्मा हटेपछि डा. राकेश श्रीवास्तव वरिष्ठताका आधारमा डीन नियुक्त भएका थिए । श्रीवास्तवले समेत दबाब खेप्न नसकेपछि अस्वस्थताको कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामापटि अहिले जगदीशप्रसाद अग्रवाल डीनमा वहाल छन् । गोविन्द केसीले कनिष्ठहरुलाई डीन बनाइएको भन्दै लामो समय सत्याग्रह छेडेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ