arrow

सरकार, धनकुटालाई ठूलो अन्याय नगरियोस्

logo
विजय सन्तोषी राई,
प्रकाशित २०७४ पुष २३ आइतबार
dhankuta.jpg

काठमाडौं । पूर्वको केन्द्रको रुपमा सवैकिसिमले उपयूक्त रहेको धनकुटालाई अहिले सवै राजनैतिक दल तथा सरकारले राजधानी नतोक्ने षयन्त्र गर्दै गरेकोले धनकुटालाई अन्याय नगरिसोस । सवै प्रदेशहरुका  जनता आ-आफ्नौ स्थानमा राजधानी बनाउन अहिले अभियान संचालन गरिरहेकाले पनि सरकार राजधानी तोक्न सकेको छैन राजनैतिक दलका प्रमुख नेताहरु र सरकारले विवेक पुर्‍यायोस  ।

पूर्वाधार,सामथ्र्य,सुरक्षा , सुन्दरता तथा प्रशासनिक सुगमता र अन्तराष्टिय सिमानाको पनि दृष्टिकोणले पनि १ नम्वर प्रदेशको राजधानी  धनकुटा उपयूक्त भएकोले धनकुटालाई प्रादेशिक राजधानी बनाउन सवै १ नम्वर प्रदेशका जनतालाई न्याय हुन्छ ।

प्रदेश नम्वर १ को १४ जिल्लाको भौगोलिक हिसावले सेन्टरमा रहेको धनकुटा हरेक किसिमले राजधानी बन्न उपयूक्त रहदा रहदै पनि राजनैतिक शक्ति पहुचको हिसाबले कमजोर रहेकोले धनकुटालाई राजधानी बनाईएन भने १ नम्वर प्रदेशवासीलाई ठूलो अन्याय हुन्छ ।

हरेक दृष्टिकोणले धनकुटा उपयूक्त रहेकोलेनै वि.स. १८४० देखी पूर्व क्षेत्रको प्रशासनिक केन्द्रको रुपमा स्थापित भई हालसम्म निरन्तर रुपमा धनकुटा केन्द्रकै रुपमा र विकास क्षेत्रको राजधानीकै रुपमा कायम छ । राणाकालीन समयमा धनकुटा वडा हाकिमको अण्डा हुदै राजनैतिक परिवर्तनपछि पनि धनकुटालाई पञ्चायत,प्रजातन्त्र र गणतन्त्रको स्थापनापछि र हालसम्म पनि धनकुटालाई पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामकै रुपमा स्विकार गर्दै निरन्तरता दिदै आएकोले  पनि क्षेत्रीय स्तरका कार्यालयहरु र उनीहरुका भौतिक पूर्वाधारले सम्पन्न भवनहरु आज सम्म कायम छन् ।

पहिचान र ऐतिहासिक पक्षलाई स्वीकार गर्दै निरन्तरता दिने क्रममा पूर्वाञ्चलको १६ जिल्लाको सदरमुकामका साथै प्रशासनिक केन्द्रको रुपमा रहदै आउको धनकुटा प्रस्तावित १ नम्वर प्रदेशको १४ जिल्लाहरुको पनि विचमा र केन्द्रको रुपमा रहेकाले पनि १ नम्वर प्रदेशको राजधानीका लागी विवाद रहित ढंगले धनकुटा उपयूक्त मानिन्छ र सवैले स्वीकार्य पनि हुन्छ ।

धनकुटाको मुख्यवजार पूर्व पश्चिम राजमार्गको इटहरीबाट ७० किलोमिटर उत्तरमा पर्छ ।तराईका तीन जिल्ला (सुनसरी,मोरङ र झापा) र उदयपुर जिल्लाको धनकुटा आउने मुख्य नाका पूर्व पश्चिन राजमार्गनै हो । भने बाकी पहाडी हिमाली तराईका जिल्लाहरु समेटिने आधारहरु समेत तयार भईरहेका छन् । ताप्लेजुङ , पाचथर र इलाम जिल्ला तमोर करिडोर,मध्यपहाडी राजमार्गबाट जोडिएका छन्् भने इलामका लागी थप रवि राँके ,भेडेटार सडक सञ्जालबाट जोडिएको छ ।

 सोलुखम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर र भोजपुर जिल्ला समेतलाई मध्यपहाडी राजमार्गले सिधै जोडेको छ । तेह्थु, भोजपुर र संखुवासभा जिल्लाहरुसंग सिधै सडकहरुले गासेको छ । यसैगरी हवाई यातायतका लागि पनि धनकुटा नगरपालिकाको वडा नं. ९ को बेलहारा डाडामा सम्भाब्यता अध्ययन पुरा भै निर्माण कार्य समेत भइरहेको छ । त्यसैले धनकुटा १ नम्वर पदेशको राजधानी भएपछि हिमाली ३, पहाडका ८ र तराईका ३ जिल्लाहरुका वहुसंख्यक समुदायको प्रतिनिधित्वको समेत सम्बोधन हुन्छ ।

भौतिक  पूर्वाधारको हिसावले पनि धनकुटामा पर्याप्त सरकारी जग्गा तथा भवनहरु रहेकाले पनि १ नम्वर प्रदेशको राजधानी धनकुटालाई बनाईसकेपछि भौतिक संचरना निर्माणमा राज्यको ठूलो खर्च समेत जोगिने भएकाले उक्त रकमलाई हाम्रो प्रदेशको विकासमा लगाउन सकिन्छ यसले राज्यलाई ठूलो फाइदा पुग्छ ।

 सार्मथ्यको आधारमा पर्याप्त सरकारी जमिन मध्ये धनकुटा नगरपालिका भित्र र धनकुटाकै आसपासका नगरपालिकाहरुमा गरी जम्मा ४७ हजार भन्दा बढी सरकारी जग्गाहरु रहेका छन् । धनकुटा बजारमा मात्र १७ हजार १ सय ५५ रोपनी सरकारको नाममा रहेको खाली जग्गा, नेपाल टष्टको नामा रहेको १ सय ९४ रोपनी जग्गा,सुन्तला जात  अनुसन्धान केन्द्र पारिपाल्ले र पाख्रिवास कृषि केन्द्रको जग्गा र उनीहरुके दर्जनौ भव्य भवनहरु  रहेका छन् ।  

भने धनकुटा बजार क्षेत्रमा मात्र  थप ६ हजार ५ सय रोपनी जग्गामा जम्मा ३ सय ९७ बटा सुविधा सम्पन्न भुकम्प प्रतिरोधात्मक पक्की  र भव्य सरकारी कार्यालयहरुका आफनै भवनहरु रहेका छन् । ती भवनहरुमा प्रदेश सभा प्रमुख, मुख्य मन्त्रि, प्रदेश मन्त्रिहरु, प्रदेश सभाका विभिन्न समितिका कार्यालयहरु र प्रमुख मुख्य सचिव तथा प्रदेशका मन्त्रालयहरु तत्काल राखी सजिलो ढंगबाट कार्य संचालन गर्न सकिन्छ । धनकुटाको  भव्य र सुविधा सम्पन्न सामुदायिक भवनमा प्रदेश संसद भवन स्थापना गरी प्रदेस सभाको बैठक गर्न सकिन्छ भने विभिन्न समितिको बैठकहरु धनकुटाको जिविस हल, वहुउदेशीय सामुदायिक भवन सल्लेरी, क्षेत्रिय स्वास्थ्य निर्देशनालयको सभा हलमा बैठक गर्न सकिन्छ ।  प्रदेशका मुख्य मन्त्रि , मर्भनर, मन्त्रिहरु, प्रमुख सचिव तथा सचिवहरु र सांसदहरुलाई समेत आवासको लागी सरकारी क्वाटहरुमानै राख्न सकिने सरकारी भवनहरु रहेका छन् ।

नेपाल सरकारले प्रदेशको राजधानीको लागि खटाएको पूर्वाधार संभाव्यता अध्ययन टोलीलेको प्रारम्भिक प्रतिवेदनमा समेत धनकुटाका लागी तत्काल राजधानी राख्नका लागी मर्मत खर्च ५ करोड २५ लाख, विराटनगरमा २१ करोड रुपैया तथा सुनसरीमा संरचनानै उपयूक्त नभएको भन्दै खर्च विवरण अनुमान नगरिएको अवस्थाले पनी राज्यलाई आर्थिकभार नपर्ने र सामान्य प्रशासन मन्त्रालयले समेत बुझाएको प्रतिवेदनमा प्रासनिक सुगमताको दुष्टिले पनि धनकुटा उपयूक्त  रहेको र सवैले हर्दा समेत धनकुटा सुरक्षाको दृष्टिकोणले अनि हावापानीको हिसावले पनि अत्यन्त राम्रो भएकोले धनकुटा १ नम्वर प्रदेशको राजधानी बनाउन सारै उपयूक्त र राम्रो हुन्छ ।

१ नम्वर प्रदेको प्रादेशिक राजधानी धनकुटा हुनका लागी सवै किसिमले उपयूक्त हुदा हुदै पनि राजनैतिक पहुज र शक्ति कम भएकै कारण धनकुटालाई अनेकौ प्रलोभवन,आर्थिक चलखेल र खुराफाद गरेर प्रदेशको राजधानी दुभाग्र्यवस बनाईएन भने त्यो अत्यन्तै दुखद र १ नम्वर प्रदेशका सवै जनताका साथै धनकुटेली प्रति ठूलो अन्याय हुने भएकाले  सवै राजनैतिक पार्टीका प्रमुख नेतागणहरु, प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसद ज्यूहरुले विवेकपूर्ण निर्णय गरी धनकुटा र सिंगो १ नम्वर प्रदेशलाई न्याय गर्नु हुनेछ भन्ने पूर्ण विश्वास र भरोसा लिएका छौ ।

पूर्खाहरुले निरन्तर रुपमा अहिलेसम्म जोगाउदै ल्याउने भएको धनकुटाको गौरव, पहिचान र इतिहारलाई अहिलेको पुस्ताले विशेष गरी तन्नेरी साथीहरुलको मेहनेत र सक्रियताले जोगाउनु पर्छ । यदि जोगाउन सकिएन भने भावी पुस्ताले समेत अहिलेको पुस्ताले धनकुटाको मान र सम्मान जोगाउन  सकेन्न  भन्ने कंलक लाग्न अनि सराप्ने पनि छन्। त्यसैले धनकुटाको गौरव, पहिचान, इतिहासकासाथ रहदै आएको मान र सम्मानलाई जोगाउदै जिवन्त राख्न धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन सवै कामलाई अहिलेलाई थाती राख्दै अभियानमा निरन्तर रुपमा अझ धेरै सक्रियका साथ यूवा साथीहरुका साथ धनकुटेली साथीहरुलाई लाग्न र सवै १ नम्वर प्रदेशका दिदि वहिनी तथा दाजुभाईहरुलाई पनि विवेकपूर्ण ढंगले सहयोग गर्न  समेत विनम्र अनुरोध गर्दछौ ।

धनकुटाको पहिचान, सामथ्र्य, भौगोलिक बनावट, समदुरी, हावापानी, भौतिक संरचनाहरु र विकासको सन्तुलनका दुष्टिले र अन्तराष्ट्रिय सिमानाको दुरीले समेत धनकुटा १ नम्वर प्रदेशको लागी उयूक्त राजधानी हुन्छ ।  १ नम्वर प्रदेशका लागी धनकुटा अन्यत्र भन्दा विवादरहित र सवैले सर्वस्वीकार्य पनि भएकोले  धनकुटालाई केन्द्र मानेर सवैले स्वीकारदै अघि बढ्ने हो भने यस क्षेत्रका तराई, पहाड र हिमाली भूभागको विकास,समृद्धी,स्वरोजगार र शान्तिको बलियो जग हाल्न  समेत महत्वपूर्ण टेवा पुग्छ । नत्र १ नम्वर प्रदेशकै लागि ठूलो विडम्वना बन्न जानेछ ।

(राई नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथ नेपाली कांग्रेस धनकुटाका सचिव हुन् । )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ