arrow

कहिलेबाट देखियो शितलहर नेपालमा ?, भारतले लगाएका ठूल–ठूला पर्खालबारे अनुसन्धान होला ?

नेपालमा शितलहर आउने तरखरमा, मौसम विभागले घोषणा गर्नै बाँकी

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
cold-at-terai.png

काठमाडौं । केही दिनदेखि तराइमा शितलहर चलेको भन्ने खबरहरु सामाजिक सञ्जाल र सञ्चारमाध्ययममा आएपनि शितलहर तराईमा प्रवेश भने गरेको छैन । अहिले तराईका अधिकांश स्थानमा शितलहर लागेको भनिए पनि शितलहर भन्ने आधारहरु बनिनसकेको  मौसमविदहरु बताउछन् ।

शितलहर चल्नका लागि केहि दिनदेखि लगातार घाम नलाग्ने, बाक्लो हुस्सु र कुहिरो लाग्ने, शिरशिर हावा चल्ने र अत्यधिक चिसो महसुस हुनुपर्ने मोसमविद सुवास रिमालले जानकारी दिए । तराईमा शितलहर शुरु नभएपनि प्रारम्भिक चरणमा देखापर्ने अवस्था भने विस्तारै देखिन थालेको छ ।

अहिले पूर्र्वदेखि पश्चिम तराईका सबै भागमा प्रारम्भिक चरण भने देखा पर्न थालिसकेका छन् । शनिबारदेखि घाम नलाग्ने, बाक्लो हुस्सु र कुहिरो लाग्ने क्रम सुरु भएको मौसमविद विभुति पोखरेलले बताइन् ।

पश्चिमी वायुको कारण नेपालमा डिसेम्बरको मध्यदेखि जनवरीको मध्यसम्म शितलहर देखापर्ने गरेको छ । विशेषत: जमिनको सबैभन्दा तलको सतहमा चिसो हावा रहिरहने र माथि तातो हावा रहिरहँदा तलको हावा माथी जान नसक्ने कारणले शितलहर चल्ने बताउँछिन्, –मौसमविद पोखरेल ।

केहीदिनदेखि दिनभर जम्मा भएको वाक्लो कुहिरो रातिमा हराएर जाने गरेपनि शनिबार बेलुका त्यही रहिरहेको र यो क्रम एक दुई दिन जारी रहेमा शितलहर नेपालमा पनि देखा परेको घोषणा गर्ने तयारी रहेको पनि उनले बताईन् ।

विश्व मौसम संगठनका अनुसार शितलहर हुनका लागि  औसत न्युनतम तापक्रम ४ देखि ३ डिग्री सेल्सियस भन्दा कम हुनुपर्ने, अधिकतम र न्युनतम तापक्रम बिचको दुरी कम हुनुपर्ने र सापेक्षिक आद्र्रता प्रचुर हुनुपर्छ ।

हावामा रहेको जलवाष्पको मात्रा अत्यधिक हुनु भनेको सापेक्षिक आद्र्र्रता अत्यधिक हुनु हो । हावामा जलवाष्प पनि हुन्छ । हावामा हुने जलवाष्पको मात्रा ८० देखि ९० प्रशितभन्दा बढी भएमा सापेक्षिक आद्र्रता प्रचुर भएको मानिन्छ । 

शितलहरको आधार
१‍‍. औसत न्युनतम तापक्रम ४ डिग्री सेल्सियस भन्दा कम हुनुपर्ने ,
२‍. अधिकतम र न्युनतम तापक्रम बिचको दुरी कम हुनुपर्ने

३‍. सापेक्षिक आद्र्रता प्रचुर हुनुपर्ने ( ८० देखि ९० प्रतिशत भन्दा कम हुनुपर्ने )

कहिलेबाट देखियो त शितलहर नेपालमा ?  
नेपालमा शितलहर देखापर्न थालेको धेरै भएको छैन, २ दशक जति मात्रै भएको छ । सन् १९९७, १९९८  देखि दक्षिण एशियामा  शितलहर देखा परेको थियो । त्यो बेला तराई क्षेत्रमा   शितलहर देख्न सुरु भएको हो ।

सन् २००३ , २००४ को वर्षमा भने शितलहरले नेपालमा मात्र नभई दक्षिण एशियामै भयानक क्षति पुरयाएको थियो । त्यो वर्ष नेपालमा करिब एक सयजनाको शितलहरका कारण मृत्यु भएको थियो भने दक्षिण एशियामै करीब २ हजार जनाको मृत्यु भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांकमा उल्लेख छ  । त्यो बेला एक महिनासम्मै शितलहर नेपालमा देखा परेको थियो ।

त्यसपछि बढी समय शितलहर रहिरहेको वर्ष भनेको सन २००५ देखि २००६ को समयमा थियो । त्यो बेला दुई सातासम्म शितलहर तराई क्षेत्रमा देखा परेको थियो । शितलहरले असर पार्ने भनेको मुख्य गरी मानव स्वास्थ्यमा हो । जसका कारण तराईमा धेरैको मृत्यु नै हुने गरेको छ भने, यसले  बालिनालीमा पनि क्षति गर्ने गरेको छ ।

शितलहरका समयमा तापमान अचानक घटेपछि जेष्ठ नागरिकको स्वास्थ्यमा देखिने समस्या
हाम्रो शरीरको तापमान एकै नासको हुन खोज्छ । तर बाहिरी तापक्रम एक्कासी घट्दा, यसले शरीरको तापक्रममा पनि सीधै असर पार्छ । बाहिरी तापक्रम न्यून भइदिँदा शरीरलाई नियमित तापक्रम मिलाउन गाह्रो पर्छ ।

विशेषगरी जेष्ठ नागरिक र बालबालिकाको शरीरमा तापमान मेनटन गर्ने ब्राउन फ्याट कम हुन्छ । त्यसैले बालबालिका र जेष्ठ नागरिकको शरीरले यस्तो अवस्थामा शरीरलाई चाहिने तापक्रम अनुकुलन गर्न कठिन पर्छ । साथै जेष्ठ  नागरिकको छालाको पत्र पातलो हुदै जाने भएकाले उनीहरुलाई अन्यको तुलनामा बढी जाडो र गर्मी हुन्छ । उनीहरुलाई जाडोमा बढी नै जाडो र गर्मीमा पनि अत्यधिक गर्मी हुने जोखिम धेरै छ ।
यो समूहमा रोग प्रतिरोधात्मक क्षमता तुलनात्मक रुपमा अन्यको तुलनामा कम हुन्छ ।

जाडोले कठयाँग्रिएमा मुटुको धडकन एक्कासी बढ्ने, उच्च रक्तचाप बढने, रुघाखोकी देखा पर्ने, भाइरल इन्फेक्सन, ब्याक्टेरियल इन्फेक्सन भएर दम, निमोनिया जस्तो घातक रोगले यो समूहलाई सताउन सक्छ ।  जाडोले कठयाग्रिएमा अल्छि हुने, लोसे हुने, बेहोस हुने र सोच्ने क्षमतामा हस हुने जस्ता मानसिक समस्या पनि देखिने हुनसक्छ ।

जोगिने कसरी ?
सकेसम्म विहानको समयमा बाहिर ननिस्कने, निस्कन परेमा तातो र न्यानो कपडा लगाएर हिँडने  । तातो र झोलिलो खानेकुरा दाल गेडागुडी , सुप खाने, पोषिलो फलफुल सागसब्जी र मासु जस्ता पोषणयुक्त खानेकुरा खाने ।

जाडो लाग्नु अघि कात्तिक मंसिरमै फ्लू र निमोनिया विरुद्धको खोप दिएर पनि बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य जोगाउन सकिन्छ । पाटन अस्पताल ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कडेल भन्छन्, ‘फ्लू र निमोनियाविरुद्धको खोपले लगाएको २ सातापछि मात्रै काम गर्न थाल्छ । यो खोप प्रत्येक वर्ष दिएमा पनि निमोनिया र फ्लूबाट जोगाउन सकिन्छ ।’

व्यक्ति आफैले जाडो र शितलहरबाट बच्न उपाय अपनाउनुपर्ने त छदै छ तर, यो संगै सरकार र यो संग सरोकार राख्नेहरुले पनि योे विषयमा संवेदनशील हुन जरुरी छ । केही जानकारहरु भारतले नेपालको सीमामा रहेका ठुला नदीहरुमा ठूल–ठूला बाँध निर्माण गरेदेखि शितलहरले नेपालमा दुख दिन थालेको अनुमान लगाउने गरेका छन्  । यसबारे भने अब मौसमका क्षेत्रमा लागेका विज्ञहरुले अनुसन्धान गर्नुपर्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ