arrow

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हालसम्म पाँच अर्ब बढी खर्च : आयोग

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हालसम्म  पाँच अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ खर्च भएको जनाएको छ ।

आयोगले आइतवार एक विज्ञप्तिमार्फत यही पुस २१ गतेसम्म कुल बजेटको ५७.९६ प्रतिशत रकम खर्च भएको जनाएको हो । कुल ७७ जिल्लामा निकासा भएको रकम चार अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रहेको र आयोगको केन्द्रीय कार्यालयबाट हालसम्म जम्मा ७६ करोड छ लाख ७८ हजार ६९१ खर्च भएको जनाएको हो ।

प्राप्त बजेटमध्ये आयोगसँग चार अर्ब सात करोड ७८ लाख ५२ हजार ७००  रकम बाँकी रहेको र सो रकमबाट राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्य सम्पन्न गर्ने प्रबन्ध मिलाइने विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनमा दुई लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो । यस्तै ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएका थिए । निर्वाचन सम्पन्न गराउन १६५ निर्वाचन क्षेत्रमध्ये ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च गर्दा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्वाचन आयोग ऐन २०७३ लाई पूर्णरूपले पालना गरेको समेत जनाएको छ ।

सबै खर्च मितव्ययी तथा पारदर्शी रहेको जानकारी दिँदै आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सरकारबाट जम्मा प्राप्त  १० अर्ब रकममध्ये ३० करोड रकम पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो । यस्तै  नौ अर्ब ७० करोड रकम निर्वाचन कार्यका लागि छुट्टाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ