arrow

रुपन्देही बन्द फिर्ता

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
rupandehi.jpg

बुटवल । युवा व्यवसायी वसन्त पौडेल (बलु) को हत्याको विरोधमा दुई दिनदेखिको रुपन्देही बन्द आइवार बेलुकीबाट फिर्ता भएको छ ।

नेकपा (एमाले) निकट युवा संघ तथा अनेरास्ववियूले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चितकालीन रुपन्देही बन्दको आह्वान गरेका थिए ।

पीडित पक्ष, आन्दोलकारी संगठन र स्थानीय प्रशासनसहितको सर्वपक्षीय छलफलमा छबुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको युवा संघ रुपन्देहीका अध्यक्ष नहकुल शाही र अनेरास्ववियू रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तिमा जिल्ला प्रशासन र राजनीतिक दललगायत सम्बद्ध पक्षसँग भएको वार्ता र संवाद सकारात्मक भएको सन्दर्भमा हाललाई बन्दसहित सबै आन्दोलनका कार्यक्रम स्थगन गरिएको जनाइएको छ ।

अपराधीलाई अविलम्ब पक्राउ, स्व दुर्गा तिवारी र स्व वसन्त पौडेललाई शहिद घोषणा, राहत र सुरक्षा संरचनाको थपलगायत सहमति कार्यान्वयन गर्ने आश्वासन दिइएको छ ।

व्यवसायी पौडेलको शुक्रबार बिहान करिब ११ बजे देवदह–२ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा बसिरहेका बेला गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुईजनाले उनीमाथि गोली प्रहार गरेका थिए ।

घटना लगत्तै यसअघि सोही स्थानमै हत्या भएका युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याका मुख्य आरोपी मनोज पुनले स्थानीयलाई टेलिफोन गरी हत्याको जिम्मा लिएका थिए ।

संवेदनशील घटना भन्दै प्रहरीले अनुसन्धानका लागि केन्दीय अनुसन्धान तथा र संघीय इकाइ कार्यालय भैरहवाबाट छुट्छाछुट्टै टोली बनाएर अनुसन्धान थालेको छ । टोलीले एक साताभित्र घटनाबारे अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्ने छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ