arrow

ओली-प्रचण्ड बैठकको रेडिमेड निर्णय, वार्ता भने निष्कर्षविहीन ! 

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
oli-prachanda.jpg

काठमाडौं । बाम गठबन्धनका दुई मुख्य खेलाडी नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको आईतबारको बैठक पनि निष्कर्षमा पुग्न सकेन । आईतबार ओली निवास बालकोटमा भएको बैठकमा उनीहरुबीच फेरि पनि नेतृत्व बाँडफाँडको विषयमा गहन छलफल भएको थियो । बालकोट निकट स्रोतका अनुसार आईतबारको बैठक पनि यस अघिको जस्तै रेडिमेड निर्णय गर्दै बैठक सम्पन्न भएको हो । 

उनीहरुको यस्तै वार्ता यो मात्रै नभएर यस अघि पनि पटकपटक बसेको हो । तर, उनीहरुबीच नेतृत्वकै विषयमा निर्णय पनकाल्न नसक्दा पार्टी नेतृत्वको बैठकले निर्णय गर्ने भन्दै पन्छिँदै आएको यस अघिका उनीहरुको गतिविधिले देखाएको छ । आईतबारको बैठकमा पनि ओली र प्रचण्डले ठोस निर्णय भने गर्न सकेनन् । दुबैले आ आफ्नै अडान नछाडेपछि फेरि पनि पार्टी नेतृत्व पंक्तिले टुङ्ग्याउने गरी बैठक सम्पन्न भएको बालकोट स्रोतले जनाएको छ । 

झण्डै डेढ घण्टासम्म भएको छलफलका क्रममा उनीहरुबीच सरकारको नेतृत्व र पार्टी नेतृत्वबारे छलफल भएको थियो । ओलीले आफ्नो पुरानै निर्णय दोहोर्याएको र त्यसमा प्रचण्डले सहमत हुन नसकेपछि पार्टी एकतालाई छिट्टै निष्कर्षमा पुर्याउन सोमबार दुवै पार्टीको शीर्ष बैठक राख्ने निर्णय गर्दै बैठक सम्पन्न भएको बताईएको छ । 

बाहिर सुनाउनको लागि उनीहरुबीच पार्टीको नेतृत्वको बाँडफाँडको विषयमा एक किसिमको सहमती जुटिसकेको र त्यसको लागि अब पार्टीको केन्द्रीय नेतृत्व पंक्तिले अनुमोदन गर्ने भनिएको छ । यसमा उनीहरुबीच पद बाँडफाँडको विषयमा मोटामोटी सहमती भएको भनिएको भएपनि के के विषयमा सहमति भयो भन्ने विषयमा भने खुलाईएको छैन । 

बैठकपछि एमालेले दिउँसो २ बजे पार्टी स्थायी कमिटीको बोलाउने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले पनि बैठक बोलाउने तयारी गरिरहेको माओवादी निकट स्रोतले जानकारी दिएको छ । यस अघि पनि उनीहरुको बैठकपछि पार्टी नेतृत्वको बैठकपछि सहमति हुन नसकिरहेको बेलामा अहिले ओली र प्रचण्डको बैठकको औचित्य हेर्न केही दिन कुर्नैपर्ने देखिन्छ । 

यस अघि पनि बैठक बस्ने भनिएको थियो । जसमा माओवादीको बैठकबाट नै सरकार गठन अघि नै पार्टी एकता गर्नुपर्ने निर्र्णय गरेको थियो । यससँगै पार्टी एकताको काम नै प्रभावित हुँदै आएको छ । सोमबार बस्ने एमाले र माओवादी बैठकले के निर्णय गर्छन् त्यसैले बाम गठबन्धनको एकता प्रक्रियाबारे थप अनुमान गर्नसक्ने अवस्था देखिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ