arrow

बाम पार्टी एकता संयोजन समितिको बैठक मंगलबार

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
prachanda-oli.png

भक्तपुर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बस्ने भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार साँझ ओली निवास बालकोटमा भएको भेटवार्तापछि मंगलबार सयोजन समितिको बैठक बस्ने टुंगो लागेको हो । 

ओलीसंगको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले पार्टी एकतालाई निष्कर्षमा पुर्याउनेबारे छलफल भएको बताए । 

पार्टी एकतालाई निष्कर्षमा पुर्याउनै पर्छ भन्नेमा आफूहरु बीच छलफल भएको बताउँदै उनले त्यसका लागि सोमबार आआफ्नो पार्टीभित्र छलफल गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको जानकारी दिए । 

अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिबाट पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पुर्याउनका लागि वैचारिक, राजनीतिक काम र सांगठनिक काम दुईवटै काम गर्नका निम्ति एउटा टिम बनाएर जिम्मा दिने र केही दिनभित्र पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउनेबारे दुई अध्यक्षबीच सहमति भएको जानकारी दिए । 

अब बन्ने एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने वा नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो । 

ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक जाने तय भएपछि त्यसअघि नै समझदारीको प्रयास स्वरुप भेटवार्ता भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ