arrow

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको खर्च सुनिनसक्नु, ५ अर्ब ६२ करोड २१ लाख 

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
voting2.jpg

काठमाडौं । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक भएको छ।

प्राप्त बजेटमध्ये अब ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय रुपियाँ बाँकी रहेको र सो रकमबाट राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्य सम्पन्न गर्ने प्रबन्ध मिलाइने निर्वाचन आयोगले जनाएको छ। 

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाल सरकारले निर्वाचन आयोगलाई १० अर्ब छ्ट्टाएको थियो। जस मध्ये ३० करोड रुपियाँ पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो भने ९ अर्ब ७० करोड रुपियाँ निर्वाचन कार्यका लागि छुट्टाइएको छ।

उक्त बजेटमध्ये पुस २१ गतेसम्म ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ ९कुल बजेटको ५७।९६ प्रतिशत० रुपियाँ मात्र खर्च भएको निर्वाचन आयोगले जनाएको छ।

जसमध्ये ७७ जिल्लाहरूमा निकासा भएको जम्मा ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ ९५०।१२ प्रतिशत० रुपियाँ रहेको छ भने आयोगको केन्द्रीय कार्यालयबाट हालसम्म जम्मा ७६ करोड ६ लाख ७८ हजार ६९१ ९७।८४ प्रतिशत० रुपियाँ मात्र खर्च भएको छ आयोगले सार्वजनिक गरेकोछ। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ