arrow

रियाल मड्रिडले जित्न बिर्सियो, तनावमा जिदान प्रेस कन्फरेन्समै गएनन्

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
real-madrid5.jpg

काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडले जित्न बिर्सिएपछि यसपटकको लिग उपाधि दावेदारीबाट हात धुने पक्का भएको छ । 

रियालले आइतबार राति सेल्टाभिगोसंग २–२ को बराबरी खेल्यो । ग्यारेथ बेलले दुवै गोल गरेर टिमलाई अग्रता दिलाए पनि त्यसलाई निरन्तरता राख्न नसक्नु नै रियालका लागि दुर्भाग्य बन्यो । 

सेल्टाका इयागोले एउटा पेनाल्टी प्रहारलाई मिस गरेका थिए । 

वास र गोमेजले १–१ गोल गरे । 

यो बराबरीले स्तव्ध रियालका प्रशिक्षक जिनेदिन जिदान पोष्ट म्याच कन्फरेन्समा समेत गएनन् । 

उनी खेलाडीहरुसंग ड्रेसिङ रुममै बसेका थिए । उनले पछि स्पेनिस टेलिभिजनलाई प्रतिक्रिया दिँदै हामी रिसाएका छौं, खुसी छैनौं, हामी जित्न चाहथ्यौं भने । उनले विपक्षीले दोस्रो हाफमा राम्रो खेलेकैले हामीले जित्न सकेनौं भने । 

यो बराबरीले लिगमा रियाल बार्सिलोनाभन्दा १६ अंकले पछि परेको छ । बार्सिलोनाको ४८ तथा रियाल मड्रिडको ३२ अंक छ । रियाल चौथो स्थानमा छ । 

 

Maxi Gomez headed in a late equaliser as Celta Vigo picked up a hard fought point at home against the champions

Gomez scored the decisive goal for his side and it was no more than the home side deserved from their performance

The Real Madrid players were visibly frustrated as they dropped further behind in the La Liga title raceGareth Bale's precise finish into the bottom corner put Real Madrid on terms after they had fallen behind

The Welshman wheeled away in celebration after tucking home to quieten the home fans inside Balaidos Stadium

 

Aspas saw his penalty saved by Keylor Navas as the Celta legend passed up the opportunity to make it 2-2

Aspas failed to put his effort far enough away from the clutches of Navas who comfortable saved the spot kick Zinedine Zidane missed his press conference after keeping Real Madrid in the dressing room

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ