arrow

सरकारसंग प्रचण्डको आग्रह 

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
pm-puspa-kamal-dahal-2017-1.gif

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन सरकारसँग आग्रह गरेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आइतबार एक विज्ञप्ति जारी गरी खासगरी तराई–मधेशका जिल्लामा शीतलहर र झाडापखालाका कारण नागरिकले ज्यान गुमाउनुपरेकोप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि आवश्यक व्यवस्था गर्न आग्रह गरेका हुन् । 

“तराई –मधेशका जिल्लामा शीतलहर र जाजरकोटमा झाडापखालाका कारण दर्जनौँ नेपाली नागरिकको ज्यान गएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ”– अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ