arrow

आइसीसी यू–१९ विश्वकप : न्यूजिल्याण्डलाई जित्लान् नेपाली युवाले ?

आकर्षण: शुनील, सुशील र राजु

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
U-19-teem.jpg.jpeg
काठमाडौं । १९ वर्ष मुनिको आइसीसी विश्वकप क्रिकेट वुधबारबाट बंगलादेशमा सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा बङ्गलादेश र दक्षिण अफ्रिका तथा फिजी र इङ्गल्याण्ड आमने सामने भएका छन् । नेपालले आफ्नो पहिलो खेलमा विहिबार बिहान ८ः४५ बजे न्यूजिल्याण्डसंग खेल्ने छ । खान शहेब मैदानमा हुने समूह ‘डी’  को खेलमा नेपाल न्यूजिल्याण्डलाई हराउदै अघिल्लो चरणमा पुग्ने बलियो आधार बनाउने सुरमा छ । न्यूजिल्याण्ड आफ्नो पहिलो खेल जित्दै नकआउट चरण पुग्ने दाउमा छ । 
 
नेपाल–न्यूजिल्याण्डको विगत 
नेपालको आइसीसी यू–१९ विश्वकपमा प्रदर्शन राम्रो छ, अर्थात् उमेर समूहमा बलियो भइसकेको छ । न्यूजिल्याण्डसंगको भेट अझ सुखद् । नेपाल र न्यूजिल्याण्डको सन् २००६ को विश्वकप भेट रोचक छ । जसको फाइनल खेलमा नेपालले न्यूजिल्याण्डलाई हराउदै पहिलो पटक प्लेट च्याम्पियन भएको रेकर्ड छ । यस पटक समेत नेपाल सोही नजितालाई निरन्तरता दिने दाउमा छ । न्यूजिल्याण्डले आफ्नो पछिल्लो ५ खेलमा ३ मा जित र २ मा हार बेहोरेको छ । यस्तै, नेपालले समेत समान ५ खेलमा ३ मा जित २ मा हार भोगेको छ । 
 
नेपाली टोलीका आश लाग्दा अलराउण्डर शुनील धमला 
नेपालको सुरुवाती ब्याटसम्यान हुन शुनील धमला । बायाँ हाते अलराउण्डर उनी नेपाललाई आवश्यक पर्दा बल ब्याट दुवैमा जादु देखाउने गर्दछन् । भारत भ्रमणका क्रममा शतक प्रहार गरेका उनीमाथि ठूलो भरोसा छ । 
 
राजु रिजाल
नेपाली यू–१९ टोलीका कप्तान तथा विकेट किपर राजु रिजाल नेपालको मध्यक्रमका ब्याट्सम्यान हुन । उनले नेपाली सिनियर टोलीबाट समेत खेलिसकेका छन । टोलीलाई कठिन परिस्थितीमा समेत राजु समाल्न सक्ने क्षमता राख्दछन् । विकेट छिटै गुमाएको अवस्थामा टिकेर खेल्ने होस् वा रनको आवश्यकता पर्दा छक्का–चौका हान्ने क्रममा । उनको जादु निकै चल्दछ । आश लाग्दा खेलाडीहरु चम्किए नेपालले न्यूजिल्याण्डविरुद्ध एक पटक फेरि सशक्त प्रदर्शन गर्नेछ । 
 
सुशील कंडेल
नेपालका दायाँ हाते अर्थोडक्स बलर सुशील कंडेल मेडनकिङ्गको नामले परिचित छन् । कंडेल आफ्नो खेलमा अधिक मेडन फाल्ने गर्दछन र विपक्षी खेलाडीलाई दबावमा पार्दछन् । उनले पछिल्लो २ टेष्ट खेल्ने राष्ट्रका युवा टोलीसंगको भेटमा ४ विकेट लिएका थिए । बङ्गलादेशी पिच स्पिन मैत्री भएकाले पनि विहिबार सुशीलले सशक्त प्रदर्शन गर्ने धेरैको आश छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ