arrow

प्रधानमन्त्री देउवालाई घेराउ र धर्ना, पुन: २७ गते पनि घेराउ गर्ने

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
dharna.jpg

काठमाडौं । प्रधानमन्त्री शेर वहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा १ नम्वर प्रदेशको राजधानी धनकुटालाई घोषणा गर्न माग गर्दै  सोमवार पनि तीन घण्टा घेराउ र धर्ना गरेको छन् । भने पुन: पौष २७ गते प्रधानमन्त्री निवासमा घेराउ र धर्ना दिने निर्णय गरेको छ ।
 
भौतिक पूर्वाधार ,सार्मथ्य सुरक्षा, सुन्दरताका खानी धनकुटालाई प्रदेश नम्वर १ को राजधानी घोषणा गरी प्रदेश सभाका पहिलो बैठक र प्रदेश प्रमुखको मुकाम धनकुटामानै निर्णय गर्न माग गर्दै आन्दोलनरत प्रादेशिक  राजधानी धनकुटा निर्माण समितिले सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेर वहादुर देउवालाई घेराउ गरी विहान  साढे आठ बजे देखी  साढे एघार बजेसम्म धर्ना दिएको अभियानमा समितिका संयोजक उमेश घिमिरेले वताए ।
 
 मन्त्रिपरिषको बैठक सोमवार वस्ने नसके पौष  २७ गते विविहार वस्ने भएकोले सरकारको ध्यानकर्षण गर्न पुन: प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार काठमाडौंमा धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न पौष २७ गते  विहिवार  साढे आठ बजे देखी ११ बजे सम्म वृहत रुपमा घेराउ र  धर्ना कार्यक्रम गर्ने निर्णय भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।

अभियानमा संयोजक उमेश घिमिरेको अध्यक्षतामा भएको धर्ना कार्यक्रममा प्रदेश सभा धनकुटाका सांसद इन्द्रमणी पराजुली, अधिकारकर्मी सविता अधिकारी,पूर्व सांसद मनोहर नारायण श्रेष्ठ,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई लगायतले धनकुटालाई १ नम्वर प्रदेशको राजधानी घोषणा नगरेसम्म सशक्त ढंगले आन्दोलन जारी राख्ने वताउदै आन्दोलनमा सहभागी हुन सवैलाई आग्रह गरेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताए ।

प्रधानमन्त्री शेर वहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको घेराउ तथा धर्ना कार्यक्रममा प्रदेश नम्वर १ का सांसदहरु विना राई,कुसम कुमारी श्रेष्ठ, इन्द्रमणी पराजुली, पूर्व सांसदहरु मनोहर नारायण श्रेष्ठ,अञ्जना ताम्ली,समाजसेवी राजेन्द्र वहादुर प्रधान,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,जिल्ला सदस्यहरु निर्मल ओझा,चण्डिका वास्तोला,पूर्व सभापति हरी अधिकारी,नेकपा माओवादी केन्द्र धनकुटाका नेता गिता खेवा,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल वराईली, धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ सहभागीता रहेको थियो ।

 भने नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिका  सभपाति भिम थापा,उपाध्यक्ष मनोज सुवेदी,नेकपा एमालेका सम्पर्क मञ्चका अध्यक्ष तिलक कार्की, उपाध्यक्ष यूवराज दर्नाल,पूर्व अध्यक्ष विर वहादुर खतिवडा,अभियान्त युवराज घिमिरे,योगेन्द्रहरी श्रेष्ठ,बिनोद श्रेष्ठ,हर्क साल्टेन राई,नविन थापा मगर,नेसन श्रेष्ठ,कल्पना भण्डारी लगायतको धनकुटा र चौविस काठमाडौं समाज लगायत प्रदेश नम्वर १ को जनसमुदाय उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ