arrow

गोविन्द केसीले प्रधानन्यायाधीशको राजीनामा मागे, नभए अनसन बस्ने

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
govinda-k-c.jpg.jpeg

काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै पटक–पटक अनसन बस्दै आइरहेका डा. गोविन्द केहीले फेरि अनसन बस्ने घोषणा गरेका छन् ।

न्यायलयले समेत मेडिकल माफियाहरुलाई साथ दिएको भन्दै डा. केसीले सरकारले तत्काल उचित कदम नचाले अपरान्ह ४ बजेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन् ।

दिउँसो पत्रकार सम्मेलन गरेर उनले पाँच सुत्रिए माग राख्दै अनसन थाल्ने घोषणा गरे । डा. केसीको पहिलो माग प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा रहेको छ ।

उनले भनेका छन्, ‘पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई विक्रिको विषय बनाउने भ्रष्ट प्रधानन्यायधीश गोपाल पराजुलीले पदबाट तत्काल राजीनामा गरियोस् । तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानविन र कारवाही गरियोस् ।’
 
यस्तै, उनले चिकित्सा शिक्षा आयोग तत्काल गठन गर्न, आइओएमका डिनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गर्न, माफिया डिनको पुनर्वहाली तुरुन्त खारेज गर्न भनेका छन् । सर्वोच्चले आइतबार मात्रै चार वर्ष अघि निकालिएका डा. शशि शर्मालाई पुनःवहाली गर्न आदेश दिएको थियो । शर्मा पुनःवहाली भएपनि जम्मा ४ दिन काम गर्न पाउने छन् ।

केसीले मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागवण्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्न भनेका छन् । यस्तै, केसीले त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी आफुहरुले राखेका मागहरु समेत पूरा गरियोस्–भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ