arrow

रोकिएन छाउ गोठको मृत्यु श्रृंखला, अछाममा फेरि एक महिलाको मृत्यु

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
Death-body-nepali-simbol.jpg.jpeg

अछाम  । अछाममा महिनावारी भएको बेला छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिलाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका वडा नम्बर–३ भैरवस्थानमा आइतबार राती घरबाट टाढा छाउपडी गोठमा सुतेकी वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको एक्लै सुतिरहेको अवस्थामा मृत्यु भएको परिवारले जनाएको छ ।

मृतक बुढा तुर्माखाँदस्थित कालिकेश्वरी माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । बेलुकीपख खाना खाएर सुतेकी गौरी विहान अबेरसम्म नउठेको र ढोका फोरेर हेर्दा मृत अवस्थामा भेटिएको मृतकका ससुरा डम्बरबहादुर बुढाले जानकारी दिए । मृत्यु हुनु अघिल्लो दिनभर मेला गएर खर काटेको र उनी बिरामी नभएको बुढाले जानकारी दिए ।

नेपाल प्रहरीमा जागिरे मृतकका श्रीमान् काठमाडौँबाट फर्केपछि मात्र उनको मंगलबार दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ । महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले भैरवस्थान गाविसलाई दुई वर्ष पहिले छाउपडी गोठमुक्त घोषणा गरेको थियो । तर, अहिले फेरि छाउ गोठमा मृत्यु भएको खबरले आश्चर्यमा पारेको छ ।

पोहोर साल मात्रै तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमै सुतिरहेको अवस्थामा मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ