arrow

कञ्चनपुरमा लागु औषध सहित दुई पक्राउ

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ पुष २४ सोमबार
handcuff-clipart-9ipeLdoeT.jpeg.jpeg

कञ्चनपुर । लागु औषध नियन्त्रण ब्यूरोले ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कञ्चनपुरले सोमबार भीमदत्त नगरपालिका १० गड्डाचौकीबाट ३ ग्राम १० मिलीग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको हो ।

लागु औषध नियन्त्रण ब्यूरो कञ्चनपुरका इन्जार्ज प्रहरी नायब निरीक्षक धनन्जय कुमार मल्लको नेतृत्वमा गएको टोलीले ब्राउन सुगर बोकेर नेपाल आईरहेका दुई युवकलाई पक्राउ गरेको छ । उनीहरुलाई संकाको आधारमा चेकचाँच गरिएको थियो । उनीहरुले लागु औषध शरीरिमा लुकाएर ल्याईरहेका थिए ।

प्रज पदम सिह विष्टले विशेष सूचनाका आधारमा पक्राउ गरिएको बताए । उनका अनुसार भारतबाट नेपालतिर मोटरसाईकलमा ल्याईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको छ ।

 भीमदत्त नगरपालिका–३ का विगम्बर शाह र भीमदत्त नगरपापिका–१८ कटानका हेमन्त धामीलाई पक्राउ गरेको छ । उनीहरुको साथमा रहेको बा५७ प ५३३६ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ ।उनीहरु दुवैलाई सोमबारै जिल्ला प्रहरी बुझाईएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ परेका दुवै जनाका विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ