arrow

सरकारले गर्‍यो शीतलहर प्रभावित जिल्लामा राहत घोषणा

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
singha-durbar.jpg.jpeg.jpeg

काठमाडौँ । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधारणलाई  दुई करोड २२ लाख बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सोमवार गृह मन्त्रालयले उक्त निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालयले तराईका २२ जिल्लामा प्रत्येक जिल्लामा रु १० लाख बराबरको कम्बल, दाउरालगायत न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले आजै सरकारको मौज्दातमा रहेका कम्बललगायत सामग्री पनि तत्काल उक्त जिल्लामा पठाउने तयारी गरेको छ । “प्रधानमन्त्रीको निर्देशनमा शीतलहर प्रभावित जिल्लामा तत्काल उक्त राहत वितरण गर्ने निर्णय भएको छ”–गृहसचिव मोहनकृष्ण सापकोटाले भन्नुभयो, “राहत वितरणको कार्य आजैदेखि शुरु हुन्छ, केन्द्रबाट कम्बललगायत सामग्री जाने क्रम शुरु भइसकेको छ ।”

मन्त्रालयले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिशमा उक्त राहत वितरण गर्न निर्देशनसमेत दिएको छ । मन्त्रालयले तत्काल केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो ।

मन्त्रालयले काठमाडौँस्थित मानवीय सहायता कक्ष र सशस्त्र प्रहरी बलको मौज्दातमा रहेका न्यानो कपडा वितरण पनि आजैदेखि शुरु भएको जनाएको छ । मन्त्रालयले तराईमा विद्यालयललगायत सार्वजनिक भवनमा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ