arrow

खप्तड गोल्डकपः थ्री स्टारको विजयी शुरुवात

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
football-new.jpg

धनगढी । यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमवार भएको खेलमा थ्री स्टारले रमपम झापा–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको छ ।

स्थानीय रङ्गशालामा आज भएको खेलमा ३४ औँ मिनेटमा विदेशी मार्टिनको गोलबाट अग्रता लिएको थ्री टारले ३९ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता दोब्बर बनायो । लगत्तै झापा–११ का लागि कर्ण लिम्बूले ४१ औँ मिनेटमा गोल गर्दै अग्रता घटाएका थिए । झापाका तर्फबाट गोल भएलगत्तै ४३ औँ मिनेटमा थ्री स्टारका तर्फबाट चेम्जोङले दोस्रो गोल गरेका थिए । दोस्रो हाफमा भने दुवैतर्फबाट गोल हुन सकेन ।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै झापा–११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीले राम्रै खेलेर पनि आफ्नै गल्तीका कारण पराजय भोगेको बताए । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लामो समयपछि फुटबल खेलमा फर्केको टोलीले सुखद् नतिजा दिन सफल भएको प्रतिक्रिया दिए । मंगलबार डुक स्टार भुटान र रुपन्देही–११ बीच हुने आयोजकका सञ्चार संयोजक सीताराम ओझाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ