arrow

प्रहरी हिरासत पनि नाैलाे भएन गाेविन्द केसीलार्इ, जारी राखे अनसन

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
gobinda-kc-arrest.jpg

काठमाडौं । सामान्य मान्छे थियो भने अदालतको मानहानीको मुद्दामा आफूलार्इ प्रहरीले पक्राउ गर्दा विचलित भएर विरामी नै हुन्थे होला । असामान्य व्यवहार देखाउने र अनुहारमा मलिनता र आँखामा त्रास देखिन्थ्यो होला । तर, अदालतको मानहानी अभियोगमा पक्राउ परेका डा गोविन्द केसी महानगरीय प्रहरी बृत्त सिंहदरबारमा नै अनसनमा बसेका छन् ।

सोमबार सर्वाेच्च अदालतको आदेशसँगै प्रहरीको टोलीले महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा ल्याएको थियो । 

सर्वाेच्चको फैसला माफियाको प्रभावमा परी भएको अभिव्यक्ति दिएको केहीबेरमा नै सर्वाेच्च अदालतका न्यायाधीस डम्बरबहादुर शाहीको इजलासले केसीलाई मंगलबार ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।

सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले केसीविरुद्ध अदालतको अवहेलनमा मुद्दा हालेका थिए ।

सो आदेशसँगै काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीको नेतृत्वमा गएको टोलीले उनलाई एम्बुलेन्समा राखेर लगेको थियो । अनसनरत स्थलबाट पक्राउमा परेका केसीले बृत्तमा पनि अनसन सुरु गरिसकेको महानगरीय प्रहरी बृत्त सिंहदरबारले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ