arrow

एमालेमा कम्युनिष्ट चरित्र : पार्टी एकताको विषयमा निजी धारणा दिन रोक

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेले आफ्ना नेताहरुलाई पार्टी एकताको विषयमा आफ्ना निजी धारणा दिन प्रतिबन्ध लगाएको छ । सोमबार पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको पार्टी स्थायी समिति बैठकले नीति नेतृत्व र एकताको अन्य पक्षबारे नेताहरुलाई नीजि धारणा नराख्न निर्देशन दिने निर्णय भएको एमालेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

नेकपा माओवादीसँगको पार्टी एकीकरणको बारेमा पक्ष र विपक्षमा समेत नेताहरुको अभिव्यक्ति धेरै आउन थालेपछि एमालेले स्थायी समिति बैठकबाट नै यस्तो निर्णय गरेको हो । एमालेद्वारा जारी गरिएको विज्ञप्तीको दोस्रो नम्बरमा यस्तो विषय उल्लेख गरिएको छ । 

बैठकले काम चलाउ सरकारले गरेको सरुवा बढुवा लगायतका दीर्घकालीन निर्णयप्रति पनि ध्यानाकर्षण जनाएको छ । साथै रुपन्देहीको देवदहमा गत पुस २१ गते युवासंघका कार्यकर्तामाथि भएको आक्रमण प्रति पनि एमालेले दुख व्यक्त गर्दै यसले सरकारको अक्षमता पुष्टि गरेको पनि उल्लेख गरेको छ । 

एमालेद्वारा जारी विज्ञप्तीको पूर्ण पाठ तल प्रस्तुत गरिएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ