arrow

गृहमन्त्री समेत रहेका प्रधानमन्त्रीलाई जानकारी नै नदिई केसीलाई पक्राउ 

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
deuba-new-FNL.jpg.jpeg

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीको गिरफ्तारीबारे गृहमन्त्री समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले नै अचम्म मानेका छन् । उनका प्रेस संयोजक गोविन्द केसीले प्रधानमन्त्री देउवा गोविन्द केसीको गिरफ्तारीबाट अचम्ममा परेको समेत उल्लेख गरेका छन् । 

‘सर्वोच्चको आदेशमा तुरुन्तै पक्राउ गर्नू भनिएकै छैन। भोलि बिहान ९ बजे उपस्थित गराउनू मात्र भनेको छ, केसी अपराधी होइनन्, अहिले समातेर कस्टडीमा राख्नुपर्ने कुनै कारण थिएन। उनी भोलि बिहान आफैं जान सक्थे वा प्रहरीले सहजीकरण गरेर ९ बजे अदालतमा लैजान सक्थे।’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार परियारले भने ।  

गोविन्द केसीलाई पक्राउ गर्ने प्रहरी प्रशासनलाई परिचालन गर्ने गृह मन्त्रालयको जिम्मेवारी पनि अहिले प्रधानमन्त्री शेर बहादुर देउवाले नै सम्हालेका छन् । प्रधानमन्त्रीको यो अभिव्यक्ति बाहिरिएसँगै प्रहरी को द्वारा परिचालित भएर केसीलाई पक्राउ गर्न पुग्यो ? यो प्रश्न खडा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ