arrow

प्रधानन्याधिसको आदेशमा डा केसी पक्राउ, प्रधानमन्त्रीले चालै पाएनन, जनाए असन्तुष्टी

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
arrest-gobinda.jpg

काठमाडौं। अदालतको अपहेलना गरेको आरोपमा डा गोविन्द केसी पक्राउ परेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टी जनाएका छन्। डा. केसीलाई प्रहरीले रातारात पक्राउ गरि हिरासतमा राखेकोमा प्रधानमन्त्रीले असन्तुष्टी जनाएका हुन्। 
 
प्रधानन्यायाधिस समेत संलग्न एक इजलासले गरेको फैसला विरुद्ध परेको अदालतको अपहेलना मुद्धामा डा केसीलाई पक्राउ गरि अदालतमा हाजिर गराउन सर्वोच्चले आदेश गरेको हो। 

यो आदेश जारी गरेसँगै प्रहरीले तत्काल डा केसीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको हो। 

यस घटनाको बारेमा प्रधानमन्त्रीले आफ्नो अनविज्ञता जारी गरेका छन्। कार्यपालिका प्रमुख प्रधानमन्त्री देउवाले यस घटनामा अदालतले दिएको आदेश कार्यान्वयन हतारमा गरिएको सचिवालयका एक सदस्यले बताए। 

प्रधानमन्त्रीलाई उदृत गर्दै देउवाका सचिवालयका ति सदस्यले  प्रहरीले आफूलाई थाहै नदिइ न्यायपालिकाको आदेशमा डा. केसीलाई गिरफ्तार गरेकोमा उनको गुनासो छ ।

प्रहरी स्रोतका अनुसार प्रधानन्यायाधिस गोपाल पराजुलीले प्रहरी प्रमुख प्रकाश अर्याललाई फोन गरि अदालतको आदेश तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका थिए। त्यस लगत्तै प्रहरी तत्काल एकसनमा आएको थियो। 

स्रोतका अनुसार आफू समेतको इजलासको फैसलाको विरुद्धमा डा केसी उत्रिएपछि प्रधानन्यायाधिश गोपाल पराजुली उनी विरुद्ध कडा मिजासमा प्रस्तुत भएका थिए। 

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिनमा डा. शशि शर्मालाई बहाली गर्ने सर्वोच्चको निर्णयविरुद्ध डा. केसी अनसनमा बसेका थिए। 

प्रधानन्यायाधीश पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले डा. शर्मालाई पुनर्स्थापना गर्ने निर्णय गरेपछि केसीले वक्तव्य मार्फत सोको विरोध गरेका थिए। 

उनले भनेका थिए, ‘अहिले हाम्रो न्यायालय न्याय दिने हैन न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसित मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमानदारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ। कानुन र विधिको शासन हाबी हुनुपर्नेमा कानुनलाई निकृष्ट व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम तथा आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाइएको यो अवस्थामा हामीसित समस्याको जरोसितै लड्नुको विकल्प छैन।’ 

उनले अगाडी भनेका थिए, ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायधीश गोपाल पराजुली विरुद्ध लड्नुको अब विकल्प छैन।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ