arrow

काठमाडौंको तापक्रम ० मै अड्कियो, अन्त कहाँ कति ? 

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
weather.jpg

काठमाडौं । मुलुक चिसोको मारमा परिरहँदा काठमाडौं उपत्यकाको तापक्रम ० डिग्रीमै अड्किएको छ । 

लगातार तेस्रो दिन काठमाडौंको न्यूनतम तापक्रम ० रहेको हो । अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियसम्म हुनेछ । 

बिहानीपख अधिकांश स्थलमा तुसारो परेको थियो । मनाङमा माइनस १६ डिग्री सेल्सियस हुँदा खोलामा पानी नै बग्न सकेन । 

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सु लागेको र यो अपरान्हसम्म रहने जनाएको छ । पश्चिमाञ्चल र मध्यमाञ्चलमा फाट्फुट बादल लाग्नुका साथै हल्का हिंउ पर्ने जनाइएको छ । 

त्यस्तै मध्यमांचलमा आंशिक बादल देखिने छ । 

राति तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्नेछ । 

अन्त कहाँ तापक्रम कति ? 
यो तस्वीरमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ