arrow

बल्ल जुर्‍यो साँइत, पहिलो पटक बालकोटमा बस्यो एकता संयोजन समिति बैठक

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
balkot.jpg

काठमाडौं । पार्टी एकताको खाका बनाउने भन्दै डाकिएको एमाले–माओवादी केन्द्रको एकता संयोजना समिति बैठक ढिलो गरी बसेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक जारी छ । बैठक ३ बजे बोलाइएपनि एमाले बरिष्ठ नेता माधव कुमार नेपाल र महासविच ईश्वर पोखरेललगायतले माओवादी केन्द्रका नेताहरुलाई निकै बेल कुर्नु परेको थियो ।

एमाले माओवादीले तालमेल गरेर प्रदेश र प्रतिनिधिसभा चुनाव लड्ने र चुनावलगत्तै पार्टी एकता गर्ने निर्णय गरेका थिए । यो निर्णय भएको तीन महिनापछि पहिलोपटक एमाले माओवादी पार्टी संयोजन समितिको बैठक पहिलो पटक बसेको हो ।

बैठकले एकिकृत पार्टी गठनका लागि राजनीतिक, बैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टा–छुट्टै कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् । एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओली सहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल सहित माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड सहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ