arrow

काठमाडौंमा धनकुटालाई राजधानी बनाउने अन्तिम आन्दोलन

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
dhankuta_(2).jpg

काठमाडौं  । प्रदेश नम्वर १ को राजधानी धनकुटालाई बनाउन राजधानी काठमाडौंमा अन्तिम र सशक्त आन्दोलन गर्ने  मंगलवार काठमाडौंमा सरोकारवालाहरु धनकुटेलीहरुले बताएका छन ।

प्रधानमन्त्री शेर वहादुर देउवालाई प्रधान मन्त्री निवास बालुवाटारमा १ नम्वर प्रदेशको राजधानी धनकुटालाई घोषणा गर्न माग गर्दै  अभियान समितिले अव अन्तिम र निर्णायक अन्दोलन पौष २६ र २७ गते राजधानी काठमाडौंमा गर्ने अभियानका संयोजक उमेश घिमिरेले वताए ।
   
 वर्तमान सरकारले प्रदेश प्रमुख र प्रदेश सभाका सांसदहरुलाई सपथ खुवाउनका लागी स्थान तोक्ने तयारी गरीरहेकोले पूर्वाधार ,सार्मथ्य सुरक्षा,सुन्दरताका खानी धनकुटालाई प्रदेश नम्वर १ को राजधानी घोषणा गरी प्रदेश सभाका पहिलो बैठक र प्रदेश प्रमुखको मुकाम धनकुटामानै निर्णय गर्न माग गर्दै आन्दोलनरत प्रादेसिक  राजधानी धनकुटा निर्माण समितिले मंगलवार  वुद्धिजिविहरु र धनकुटाबाट काठमाडौं आई वसोवास गर्दै आका विभिन्न महानुभावहरुसंग छलफल गरी आन्दोलनलाई अन्तिम रुपमा सशक्त बनाउने   पौष  २७ गते विविहार साढे आठ बजे देखी वृहत रुपमा प्रधानमन्त्री निवास बालुवाटारमा घेराउ र  धर्ना कार्यक्रम गर्ने निर्णय भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।

  अभियान अन्तर्गत पौष २६ गते सरकारका मन्त्री तथा नेताहरुसंग छलफल गरी धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउन सहयोग गर्नका लागी आग्रह गर्ने कार्यक्रम रहेको छ ।

 राजधानी काठमाडौंमा भैरहेको विभिन्न किसिमको आन्दोलनमा व्यापक सहभागीता गराउनका लागी विभिन्न पार्र्टीका सम्पर्क समिति,मञ्च ,गणातान्त्रिक मञ्च सरोकार समाजहरुसंग छलफल र परार्मश गरीरहेकोले अवको काठमाडौंमा आयोजना गरिएको धर्ना लगाएका आन्दोलनका कार्यक्रमहरुमा उल्लोखनीय सहभागीताका साथ धनकुटालाई १ नम्वर प्रदेशको राजधानी घोषणा नगरेसम्म सशक्त ढंगले आन्दोलन जारी राख्ने वताउदै आन्दोलनमा सहभागी हुन सवैलाई आग्रह समेत गरिएको काठमाडौंमा आन्दोलनको समन्वय गरीरहनु भएका नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ