arrow

केसीको रक्तचाप घट्यो, वीर अस्पताल पुर्‍याइयो

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
govinda-kc-kabadi-bed-ma-sutdai.jpeg.jpeg

काठमाडौँ । प्रहरीले डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगेको छ ।

सर्वोच्च अदालत मंगलवार  बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो । तर प्रहरीले सिंहदरबार बृत्त लैजाने क्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको हो ।

डा केसीका सहयोगी डा तोसीमा कार्कीका अनुसार डा केसीको स्वास्थ्यमा मंगलवार दिउँसोदेखिनै समस्या आएको र रक्तचाप घटेको थियो, त्यसैले उनलाई अस्पताल ल्याइएको हो । प्रहरीले डा केसीको मोबाइल उहाँलाई नदिएको पनि डा तोसीमाले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ