arrow

असन क्षेत्रमा पनि चार पाङ्ग्रे सवारीलाई रोक, कहाँ कहाँ जान पाईँदैन ?

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
asan.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाले अब असन क्षेत्रमा पनि चार पांग्रो सवारी प्रवेशमा रोक लगाएको छ । महानगरपालिकाले यस विषयमा बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरिरहेको छ । 

महानगरपालिकाका मेयर तथा उपमेयर सहित सम्बन्धित वडाका वडाध्यक्षको उपस्थितीमा बुधबारदेखि असन र त्यस आसपासका क्षेत्रमा चार पांग्रे सवारी प्रवेशमा रोक लगाईएको हो । काठमाडौं महानगरपालिकाले सांस्कृतिक, ऎतिहासिक, पुरातात्त्विक एवम् सामाजिक जीवनसंग जीवन्त सम्बन्ध राख्ने काठमाडौ महानगरका भित्री सहरी सडकमा सवारी नियमनकालागि सरोकारवाला वडाहरुले यस्तो कदम चालिएको जनाएको छ ।

बुधबारको बैठकमा महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसङ्गै वडा नं। १७, १८, १९, २२, २४, २५ र २७ का वडाध्यक्षसहितको सहभागिता हुने जनाईएको छ । 

कहाँ कहाँ रोकिँदैछ चार पांग्रे सवारी 
महानगरपालिकाले दिएको जानकारी अनुसार भोटाहिटीबाट असन चोकसम्म चार पांंग्रे सवारीलाई दुबै तर्फ आवत जावतको लागि रोक लगाईएकोछ । त्यस्तै, नरदेवीबाट भेँडासिंह हुँदै ईन्द्रचोकसम्म जान मात्रै पाउने तर सोही बाटो फर्किन नपाउने व्यवस्था गरिएको छ । त्यस्तै, टेंगलबाट बांगेमुढा हुँदै भेँडासिंह हुँदै ईन्द्रचोकसम्म जान मात्र पाउने र क्षेत्रपाटीबाट ठहिटी हुँदै नघः ल र बांगेमुढा भेँडासिंह हुँदै ईन्द्रचोकसम्म जान मात्र पाउने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । 

त्यस्तै, ईन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेँडासिंह, ज्याठाबाट त्यौडा, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन र ईन्द्रचोकबाट बटुसम्मको बाटोमा चारपांग्रे सवारी प्रवेशलाई रोक लगाउने तयारी गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ