arrow

गोविन्द केसीको पक्षमा बहस गर्न झण्डै सय वकिलको नाम, ११ बजेदेखि बहस

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
dr-kc.JPG.jpeg

काठमाडौं । प्रा डा गोविन्द केसीको पक्षमा झण्डै एक सय वकिलहरुले बहस गर्ने भएका छन् । १४ औं चरणको आमरण अनसन बसिरहेकै अवस्थामा अदालतको अवहेलना अभियोगमा गिरफ्तार भएका केसीको मुद्दामा मंगलबार बयान लिइएको थियो । 

सर्वोच्च अदालतमा बुधबार सुनुवाई हुँदैछ । सुनुवाईका लागि बुधबार बिहान १० बजे बोलाइएको छ । 

उनलाई साढे ९ बजे नै वीर अस्पतालबाट सर्वोच्च अदालत लगिएको छ।

बहस भने ११ बजेदेखि सुरु हुने अदालत स्रोतले जनाएको छ । 

केसीको पक्षमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीलगायतले बहस गर्नेछन् । 

बहसका लागि धेरैभन्दा धेरै वकिलले नाम लेखाएपछि आधा दर्जन जतिलेमात्र बहस गर्ने बुझिएको छ । 

ऐक्यवद्धता जनाउन पनि नाम बढी भन्दा बढीले लेखाएको स्रोतको दाबी छ । जनाइएको छ । 

मंगलबार नै सुनुवाई हुने कार्यतालिका रहे पनि बयान लिँदालिँदै समय सकिएपछि बुधबारका लागि सरेको हो । 

केसीले मंगलबार आफ्ना भनाइ निडर भएर जमेरै राखेका छन् । 

उनले अदालत वा न्यायाधीशको मानहानी नगरेको तर भ्रष्टाचारीलाई औला ठड्याएको बताएका छन् । 

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामालगायत माग राखेर उनले सोमबारदेखि १४ औँ अनशन थालेका केसीले हिरासतमा रहँदा पनि अनसनलाई जारी राखेका छन् । उनको रक्तचापसमेत न्युन भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ