arrow

युवतीहरुलाई यौनधन्धामा लगाउने सिटौला पक्राउ

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
arrested.jpeg

भद्रपुर । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । 

सञ्चालकले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र निजले कमाएको रु चार लाख पनि सञ्चालकले नै राखी, नदिएका कारण ती युवतीले प्रहरीलाई जानकारी दिएको आधारमा पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । 

ती युवतीलाई सञ्चालकले कोठा भाडामा लिई राखेको दिनभरि कोठामै राखी रातिको समयमा विभिन्न होटल एवं लजमा सम्पर्कको आधारमा यौनजन्य कार्य गराउन लगाउने युवतीको आरोप रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ