arrow

मोटरसाइकल चालकको मृत्यु

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
accident-final.jpeg

काठमाडौँ  । रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । 

मंगलबार राति ११ः४५ बजे काठमाडौँको टेकुमा रोकी राखेको ना५ख १६४३ नंको ट्रकमा बा३०प ६११९ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ढल्कु क्षेत्रपाटी बस्ने २४ वर्षीय विक्की महर्जनको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा मोटरसाइकल चलाउँदै गर्दा ट्रकमा ठोक्किएर मृत्यु भएको जानकारी दिए । 

ट्रकमा ठोक्किएका मोटरसाइकल चालकको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर न्यूरोडमा मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ