arrow

विश्‍वप्रकाशलाई गगनको वधाई, देउवालाई धन्यवाद

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
gagan-bishwaprakash.png

काठमाडौं । युवा नेता विश्‍वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएसँगै गगन थापाले शुभकामना दिएका छन् । गगनले मंगलवार साझ सामाजिक सञ्जाल ट्विटर मार्फत शुभकामना दिएका हुन् ।

 गगनले विश्वप्रकाशले प्रभावकारी कार्यसम्पादन गर्ने अपेक्षा राख्दै नयाँ पुस्तालाई पार्टी सभापतिले दिएको जिम्मेवारी प्रति धन्यवाद दिएका छन् ।  उनले ट्विटमा  'विश्वप्रकाश दाइ नेपाली कांग्रेसको प्रवक्ता हुनु भएकोमा बधाई तथा प्रभावकारी कार्यसम्पादनको शुभकामना! नयाँ पुस्तालाई जिम्मेवारी दिनुभएक‍ोमा पार्टी सभापतिलाई धन्यवाद!' लेखेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विश्वप्रकाश शर्मालाई प्रवक्ता नियुक्त गरेकेका हुन् । देउवाले पार्टीको १२औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा काँग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरेका हुन् ।

 काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका काँग्रेसका दुई भरपर्दा नेता शर्मा र थापाले गत प्रतिनिधि सभा निर्वाचनमा एक अर्कालाई मतमागेका थिए ।

नेपाल विद्यार्थी संघको सभापति हुँदा उपसभापति बनेर काम गरेका थापालाई शर्माले पूर्वको झापाबाटै मत मागेका थिए । भने थापाले शर्माको विजयको लागि मत मागेका थिए  । सो समय नेपाली राजनीतिक इतिहासमा आफुलाई प्रमाणित गरिसकेका यी दुई नेताको आपसी सहकार्य नौलो अम्यास देखिन्थ्यो।

विश्वप्रकाश शर्मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा १ बाट चुनाव लडेका थिए । यद्यपि, उनी माओवादी केन्द्र एवं वाम गठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसँग पराजित भए ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले आफ्ना निकट्तम प्रतिद्वन्दि डा. राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले पराजित गरेका थिए ।  

विश्वप्रकाश शर्माले गगन थापालाई भाईमात्र नभई आफ्नो भरोसा समेत भन्ने गरेका छन् ।   उनले गणतन्त्र स्थापनाका बखत राज दरबारको अगाडि पट्टी हजारौँको नेतृत्व गरेका थापालाई एक कुशल हिरोको संज्ञा दिने गरेका छन् ।  लोकमानसिंह कार्कीलाई पदमुक्त गर्नु पर्छ भन्ने सडकको आवाजलाई संसद सम्म पुर्‍याउने मूल प्रतिनिधि गगन थापा रहेको शर्माले भन्दै आएका छन् ।

गगन थपाले आफुलाई शर्माकै कार्यकर्ता हुँ भन्दा गौरव लाग्ने समेत बताउने गरेका छन् ।  विश्वप्रकाशसँग काम गर्दा समस्यामा केन्द्रित  नभई विश्वप्रकाश समाधान खोज्नमा केन्द्रित हुने गरेको समेत उनले भन्दै आएका छन् ।  

शर्माले मतगणना नसकिँदै हार स्वीकार गरेर कार्कीलाई सबै भन्दा पहिले विजयको माला लगाएर लोकतान्त्रिक अभ्यासको संस्कार झल्काएका थिए । त्यहाँबाट शर्मालाई विपक्षी पार्टीका नेताहरुले समेत रुचाउँछन् ।

प्रखर वक्ता शर्मा ०४६ सालमा मेची बहुमुखी क्याम्पसका सभापति, नेपाल विद्यार्थी संघको महामन्त्री, अध्यक्ष हुँदै कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ