arrow

कम्युनिष्ट एकताः कार्यदललाई तत्काल काम गर्न निर्देशन, ओली–प्रचण्डबीच गोप्य मन्थन 

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
uml-maobadi-flag.jpg

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिएका छन् । 

बुधबार एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा भएको छलफलमा दुई पार्टीका अध्यक्षले कार्यदललाई काम शुरु गर्न निर्देशन दिएको एमालेका नेता एवं कार्यदलका सदस्य शंकर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।

प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उनले जानकारी दिए । 

छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल जारी रहेको छ । 

ओली बुधबारै उपचारका लागि बैंकक जाने भएपछि दुई नेता एकताका लागि तातेका हुन् । 

ओली एकहप्तापछि मात्र फर्कने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ