arrow

निर्मम तवरले केसीलाई गिरफ्तार गरिनु क्रुरता : शान्ति समाज

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
govinda-kc1.JPG

काठमाडौं । वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई सोमवार राति पक्राउ गरेको घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले ध्यानाकर्षण जनाएको छ । बुधवार विज्ञप्ति जारी गर्दै समाजले रातको समयमा एक सत्याग्रहीलाई निर्मम तवरले गिरफ्तार गरिनुलाई क्रुरता भनेको छ ।

समाजले  'शाही शासनका दौरान २०६१ सालमा अहिले गृह मन्त्रालयको समेत कार्यभार समाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफै यस्तो क्रुरताको सामना गर्नु भएको थियो । यस्तो गल्तीलाई सच्याउन पनि सर्वप्रथम डा। गोविन्द केसीलाई विना शर्त तत्काल रिहा गर्न सरकार, त्यसमा पनि प्रधानमन्त्री देउवालाई शान्ति समाज आग्रह गर्दछ । न्यायको पक्षमा आवाज उठाउने सत्याग्रहीहरु प्रति शान्ति समाजले सद्भाव व्यक्त गर्दै आएको छ तथापि सत्याग्रहको शैली, सिमा र अरुको मर्यादाप्रति संवेदनशिलताका बारेमा पनि गम्भीर बन्न शान्ति समाज स्मरण गराउँछ ।' उल्लेख गरेको छ ।

शान्ति समाजले सदैव  न्यायालयप्रति उच्च सम्मान र मर्यादालाई केन्द्रविन्दुमा राखेको भन्दै न्यायालयको स्वतन्त्रता र निष्पक्षता सदैव सुनिश्चितता हुनुपर्छ भनेर विभिन्न समयमा ध्यानाकर्षण गराउदैँ आएको छ ।

विज्ञप्तिमा समाजले  'न्यायिक क्षेत्रमा पनि विकृति विद्यमान छ भन्ने तथ्य लुकेको छैन । यसै क्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित शान्ति समाजको प्रतिनिधिमण्डलले २०७४ असार २९ गते सम्माननीय प्रधान न्यायाधीश गोपाल पराजुलीज्यू सँग भेटी न्यायिक स्वतन्त्रता, निष्पक्षता लगायत शान्ति समाजले अघि सारेको १० बुँदामा ध्यानाकर्षण गराउँदै छलफल गरेको स्मरणीय छ ।'

'स्वतन्त्र र निष्पक्ष न्यायालय मानव अधिकार संरक्षण र सम्वद्र्धनको स्तंभ हो भने नागरिक समाज न्यायालयको सदैव सहयोगी हो । एउटा सत्याग्रही सदैव महान उद्देश्य प्राप्तिका लागि क्रियाशिल हुन्छ  भने कानुनी शासन र हरेकको वैयक्तित स्वतन्त्रता र अधिकार संरक्षण का लागि पनि सत्याग्रही त्यतिकै गम्भीर हुन्छ र हुनुपर्छ । सत्याग्रहीको पनि सिमा हुन्छ । यदाकदा ठूलो उद्देश्यले काम गर्दा त्यस्तो सिमा नाघिएको त छैन रु सत्याग्रही स्वयंले पुनरावलोकन गर्नुपर्छ ।'

मानव अधिकार तथा शान्ति समाजका महासचिव उत्तम पुडासैनीद्वारा जारी विज्ञाप्तिमा  'सत्याग्रही डा. गोविन्द केसीको अभिव्यक्तिले अदालतको अवहेलना भएको विषयमा सर्वोच्च अदालतकै कर्मचारीबाट मुद्धा दर्ता भई दु्रत गतिमा प्रकृया अघि बढाउदा न्यायालय आफैँ असहिष्णु भएको हो की भन्ने सन्देश एकातिर प्रवाहित भएको छ भने तत्पश्चात न्यायालयकै ठाडो आदेशमा रातको समयमा एउटा सत्याग्रहीलाई गिरफ्तार गरिदाँ न्यायालय झनै असहिष्णु भएको सन्देश प्रवाहित भएको छ । यस स्थितिमा भावावेशमा आएर एउटा सत्याग्रहीलाई डाम्ने गरि कुनै पनि निर्णय हुन गयो भने त्यो झनै असहिष्णु देखिने हुँदा सम्मानीत न्यायालयले कुनै पनि दुर्भाग्यपूर्ण स्थिति आउन नदिनका लागि विवेकसम्मत एवं न्यायीक मन प्रयोग गरी उदारतापुर्वक निष्कर्षमा पुग्न शान्ति समाज विनम्रताका साथ आग्रह गर्दछ ।' उल्लेख गरीएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ