arrow

जिल्लाकै नमुना बन्दै बिजश्वरी बोर्डिङ्ग स्कुल

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ पुष २६ बुधबार
school_new.png

रुकुम । रुकुम पश्चिमको सदरमुकाम खलंगामा रहेको बिजश्वरी सेकेन्डरी बोर्डिङ्ग स्कुल जिल्लाकै नुमना बन्दै गएको छ । भौतिक पूर्वाधार र शैक्षिक विकासमा आफ्नो बोर्डिङ्ग  नुमना रहेको सञ्चालकहरुको दावि छ । २०५२ सालमा स्थापना भएको बोर्डिङ्ग स्कुलले अहिले आफ्नै भवनमा कक्षा १० सम्म पठनपाठन गराउँदै आएको छ ।

जिल्लाकै पुरानो संस्थागत विद्यालयको रुपमा स्थापना भएको यस बोर्डिङ्ग स्कुलमा अहिले ११ सय ४४ जना छात्राछात्रहरु अध्यानरत रहेको बोर्डिङ्गका प्रीन्सीपल जयबहादुर थापाले जानकारी दिए । बोर्डिङ्गले कक्षा १ देखी नै कम्प्यूटर विषयलाई अनिवार्य गरेर प्रयोगात्मक रुपमा पठनपाठन सुरु गरेको छ भने कक्षा ८ देखी मल्टीमिडिया मार्फत पढाउने भएकाले आफ्नो बोर्डिङ्ग स्कुल नमुना रहेको प्रीन्सीपल थापाको दावि रहेको छ ।

यसका साथै विद्यालयले विद्यार्थीको अनुशासनलाई काम राख्न र विद्यालयमा हुने हरेक क्रियाकलापलाई निगरानीमा राख्नको लागि सबै कक्षामा सिसी क्यामेराको व्यवस्था गरीएको उनले बताए । यसले गर्दा विद्यार्थीको शैक्षिक विकासमा समेत टेवा पुर्‍याउने उनको विश्वास रहेको छ । विद्यालयले आगामी २८ गते आफ्नो स्थापनाको २२ औं वार्षीकत्सोव मनाउने तयारी गरेको छ ।

विद्यालयमा अध्यानरत विद्यार्थीहरु मध्य गरिब, जेहेन्दार, दलित तथा अपाङ्ग भएको एक सय ६३ जना छात्राछात्रहरुलाई बार्षिक छात्रबृत्ति वितरण गर्दै आएको छ । यस वर्ष पनि छात्रबृत्तिको लागि २५ लाख रुपैयाँ खर्च हुने प्रीन्सीपल थापाको भनाई छ । यसका साथै आफुहरुले टुहुरा तथा अनाथ बालबालिकाहरुलाई पनि निःशुल्क रुपमा होस्टेलमा राखेर पढाउने गरेको बोर्डिङ्ग सञ्चालक अनिता भण्डारीको भनाई छ । बोर्डिङ्ग स्कुलमा अहिले ४१ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेको उनले जानकारी दिइन ।

भौतिक पूर्वाधारमा राम्रो रहेको बोर्डिङ्ग स्कुलमा तारबारका साथै सुरक्षा कार्डको समेत व्यवस्था रहेको भण्डारीको भनाई छ । यो बोर्डिङ्ग स्कुल जिङ्कफुड र प्लास्टी मुक्त रहेको उनको भनाइ छ । विद्यार्थीहरुले जिङ्कफुड प्रयोग गर्दा स्वास्थ्यमा समस्या हुने भएकाले आफुहरुले निशेधित गरेको सञ्चालक भण्डारीले बताइन ।

खानेपानी र खेलमैदानको राम्रो व्यवस्था भएको यस बोर्डिङ्ग स्कुलले आगामी दिनमा पनि समय अनुसार भौतिक पूर्वाधारको विकास गर्नुका साथै प्राविधिक शिक्षाको पठनपाठन सुरु गर्ने योजना रहेको उनको भनाई छ । बोर्डिङ्ग स्कुलले पर्यटन शिक्षा र कृषि शिक्षाको लागि पहल गरिरहेको बताएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ