arrow

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया शनिबार थालिँदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1135164287.jpeg
काठमाडौँ। नयाँ संवैधानिक व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्मा शनिबारदेखि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया प्रारम्भ हुँदैछ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया सुरु गर्न शनिबार अपराह्न ३ बजे संसद् बैठक बस्दैछ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने र संसद् सचिवालयका महासचिवलाई निर्वाचन अधिकृत तोक्ने बैठकको कार्यसूची छ।
 
“सहमतिका माध्यमबाट दुवै पदपूर्ति गर्न सदनले राजनीतिक दलहरूलाई कात्तिक ८ गते आइतबारसम्म समय दिने र त्यसो नभए १० गते मङ्गलबार निर्वाचनको मिति निर्धारण हुने प्रबल सम्भावना छ,”– निर्वाचनबारे जानकारी दिँदै व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले राससलाई बताउनुभयो।
 
राष्ट्रपति र उपराष्ट्रपति सहमतिमा चयन नभएर निर्वाचन भएमा उम्मेदवारले प्रचारप्रसारका निम्ति कात्तिक ९ गते समय समेत पाउन सक्ने सम्भावनालाई उहाँले नकार्नुभएन । ती दुवै पदमा गोप्य मतदान हुने व्यवस्था संविधानले गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ