arrow

अपराध न्यूनीकरण गर्न कञ्चनपुरमा विशेष सुरक्षा कार्यक्रम ल्याइने

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ पुष २६ बुधबार
kanchanpur_(3).jpg

कञ्चनपुर । कञ्चनपुरका प्रहरी प्रमुख एपसी डिल्लीराज बिष्टले समाजलाई अपराध मुक्त गर्नका लागि अवैध मदिरा नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याएको बताएका छन् ।  बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यहाँका संचारकर्मीसंग गरेको परिचयात्मक कार्यक्रममा एसपी विष्टले समाजमा भईरहेका अपराध नियन्त्रणका लागि विषेश कार्यक्रम ल्याएको बताए ।

 ‘अवैध मदिरा उत्पादन, बिक्रि वितरण र सेवनमा रोक लगाएको छु, ‘एसपी विष्टले भने, ‘मदिरा सेवन गरेर अर्कालाई असर पुग्ने काम गरे, तुरुन्तै पक्राउ गरिन्छ ।’ मदिरा सेवन गरेर समाजमा शान्ति सुरक्षामा खलल् पुर्‍याउने जो सुकै प्रहरी नै किन नहोस नियन्त्रणमा लिएर उसलाई कक्षा दिने बताए ।

 ‘हामीले मदिरा सेवन गरेर अर्कालाई डिस्र्टस गर्नेलाई यहाँ छुट्टै कक्षा दिन्छौँ, ‘उनले भने, ‘गतल गरेको छ भन्दैन्मा उसलाई सजाय भन्दा पनि नयाँ विधिबाट सुधु्रीने मौका दिन्छौँ ।’ अवैध मदिराका कारण समाजमा अपराध र घरेलु हिंन्सा बढ्दै गएको बताउदै एसपी विष्टले मदिरा सेवन गरेर अरुलाई असर पुग्ने कृयालापमा पुर्ण बन्देज लगाईने बताए ।

शान्ति सुरक्षा अपराध अनुसन्धानमा आफुले राज्यले दिएको जिम्मेबारी पुर्ण रुपमा बहन गर्ने बताउदै एसपी विष्टले यसका लागि सरोकारवाला निकायले समेत अपराध अनुसन्धानमा सहयोग गर्नुपर्नेमा जोडदिए । सीमा क्षेत्रमा हुने लागु औषध नियन्त्रणका लागि प्रहरीले विशेष योजना बनाएर अघि बढ्ने बताउदै एसपी विष्टले लागु औषध नियन्त्रणका लागि जिल्ला व्यापी रुपमा प्रहरी परिचालन गरिने बताए । आन्तरिक व्यवस्थापन र टिमलाई कृयात्मक बनाउदै जिल्लाको शान्ति, सुरक्षा, अमन चयनमा तदारुकताका साथ अघि बढ्ने एसपी विष्टले प्रतिबद्धता जाहेर गरे ।

 ‘जिल्लाको शान्ति सुरक्षाका लागि नयाँ कार्य योजना बनाएर अघि बढ्छौँ, ‘एसपी विष्टले भने, ‘यसका लागि संचारकर्मीको सहयोग चाहिन्छ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर भित्रका माथहतका युनिटलाई समेत जिम्मेबारी र जवाफदेही बनाउने बताउदै एसपी विष्टले प्रभावकारी काम नगर्ने इन्चार्ज परिर्वतन गरिने समेत संकेत गरे ।

‘हामी प्रहरीलाई राज्यले दिएको जिम्मेबारी बहन गर्नुपर्छ, ‘उनले भने, ‘काम नगर्ने प्रहरी इन्चार्जलाई परिर्वतन गरेर अर्कोलाई जिम्मेबारी दिईनुपर्छ ।’ जिल्ला प्रहरी कार्यालयको टिम विगतका कमिकमजोरी केलाउदै नयाँ ढङगले अघि बढ्ने बताउदै उनले यसका लागि नागरिक समाजको समेत भूमिका हुने दर्शाए ।

कार्यालय प्रमुख एक्लैले मात्रै केही गर्न नसक्ने बताउदै त्यसका लागि सिङ्गो टिम कृयात्मक हुनुपर्ने उनले धारणा व्यक्त गरे । कञ्चनपुरको समग्र शान्ति सुरक्षा र प्रहरीले दिने सेवाका लागि कदापी पछि नपर्ने बताउदै राज्यको दायित्व संगै समाजिक दायित्व समेत बहन गर्ने प्रतिबद्धता जाहेर गरे । बेल्डाँडी, बेलौरी, पुर्नवास र झलारीका प्रहरी कार्यालयबाट मुद्दा दर्ता गर्ने व्यवस्था मिलाएको भन्दै नागरिक सेवाका लागि कञ्चनपुर प्रहरीलाई थप उर्जावान बनाउने उनको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ