arrow

डा. केसीलाई रिहा गर्न सर्वाेच्चको आदेश, पराजुलीका शैक्षिक प्रमाणपत्र झिकायो

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
dr_kc1.JPG

काठमाडौं । मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्चले रिहा गर्न आदेश दिएको छ । सर्वोच्चले वकिलको जिम्मामा रहनेगरी रिहागर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडी बाँकी कारबाही अघि बढाउन भनेको छ ।

डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि झिकाउन सर्वोच्चले आदेश दिएको छ ।

बयानका क्रममा डा‍. केसीले पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमाथि प्रश्न उठाएका थिए। सर्वोच्चले डा‍. शशि शर्मालाई चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा पुन:वहाली गर्न पराजुलीसमेत सम्मिलित इजलाशले गरेको फैसलासमेत झिकाउन आदेश दियाे ।

सर्वोच्चले अवहेलनामा प्रक्राउ गर्न आदेश दिएपछि सोमबार बेलुकी केसीलाई प्रहरीले त्रिविशिक्षण अस्पतालको अनसनस्थलबाटै पक्राउ गरेको थियो । केसीलाई मंगलबार सर्वोच्चमा उपस्थिच गराएर बयान लिइएको थियो भने बुधबार बहस भएको भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ