arrow

राष्ट्रिय सभा चुनावको तालिका सार्वजनिक, माघ १० मा उम्मेदवारी दर्ता

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ । माघ २४ का लागि निर्वाचन मिति घोषणा भएपछि आयोगले निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । आयोगको तालिकामा माघ १० गते उम्मेदवारी दर्ता गर्ने उल्लेख छ ।

निर्वाचन आयोगले सातै प्रदेशका सात स्थानमा मतदान स्थल बनाउने  आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनले भनेका छन्, ‘उच्च अदालतको मुख्यालय जहाँ छ, त्यही मतदान केन्द्र रहन्छ ।’ आयोगले उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा पुस २९ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछ
मतदान केन्द्रहरुमा माघ ७ गते मतदाता नामावली प्रकाशन हुने र १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । १५ गते उम्मेदवारहरुलाई निर्वाचन चिहृन प्रदान गरिनेछ ।

माघ २४ गते बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म मतदान गर्ने समय तय भएको छ । मतदान सात वटै प्रदेशमा एकै दिन एकसाथ हुनेछ । निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवं प्रदेशसभा सदस्य गरी २ हजार ५६ मतदाता हुने छन् । जसमा ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी जम्मा १५०६ र प्रदेशसभाका ५५० सदस्य गरेर २ हजार ५६ मतदाता रहने छन् ।

राष्ट्रिय सभा निर्वाचन सम्बन्धि कानुनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ राखिएको छ । स्थानीय तहका प्रमुख–उपप्रमुख र प्रदेशसभा सदस्यको मतबाट राष्ट्रियसभाका ५६ सदस्य निर्वाचित हुने र प्रत्येक प्रदेशबाट महिला र खुलाबाट ३–३ जना, दलित र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १–१ जना गरी ८ जना चुनिनेछन् । एक महिला सहति ३ सदस्य राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ