arrow

कुलतमै नेपालीले वार्षिक २२ अर्ब सक्छन् ?

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
drug.jpg

काठमाडौं । लागूपदार्थका दुव्र्यसनीले बर्सेनी २२ अर्ब रुपैयाँभन्दा वढी रकम कुलतमा सक्ने गरेका छन् ।

गाँजा, चरेस, हिरोइन तथा फर्मास्युटिकल ड्रक्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु बताउँछन् । 

दुव्र्यसनीले बार्षिक लागूपदार्थ सेवनबापत खर्च गर्ने रकम चालु आर्थिक बर्षको बार्षिक बजेटको २ प्रतिशत हुन्छ । यो रकम सुधार गृहमा उपचाररत दुव्र्यसनीको खर्च बाहेकको हो । 

सुधारगृहमा भएका दुव्र्यसनीको लागि अभिभावकले मासिक २ करोडदेखि ३ करोड रुपैयाँसम्म खर्च गर्छन् । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ